☰ open Loading... 22 June 2024|  

राजनीतिक दल संयम र धैर्य हुन आवश्यक छ : रेग्मी
  | २५ फाल्गुन २०७३, बुधबार २०:४८

नेपालगञ्ज । आम नागरिक समाज राष्ट्र निर्माणमा अग्रसर भएका नेतृत्वकर्तालाइ मार्ग निर्देशन गर्न अभियान सञ्चालन गर्नुपर्ने पूर्व प्रधानन्याधिस तथा मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले बताएका छनु । नेपालगञ्जमा नागरिक समाज बाँकेले राष्ट्र निर्माणमा आम नागरिकको विशेष भूमिका भन्ने मुल नारा आयोजित कार्यक्रममा यस्तो बताएका हुन् ।


परस्थीतीलाइ हेर्दा राजनितिक खिचातानिबाट देशलाइ संक्रमणकाल तिर धकेकोले यस्तो अवस्थामा राजनितिक दललाइ संयम र धैर्य बन्न नागरिक समाजले खबरदारी गर्नुपर्ने तर्क रेग्मीको थियो ।

नागरिक समाज बाँकेले आयोजना गरेको विभिन्न पेशाकर्मी विच भएको फुटबल प्रतियोगीतामा उपाधि जितेका खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको थियो । प्रथम र द्वितिय हुनेलाई पुरस्कार र मेडल तथा प्रमाणपत्र वितरण गरीएको थियो । १५ गतेदेखि सुरु भएको मैत्रीपुर्ण फुटबल प्रतियोगितमा १५ वटा टिमको सहभागिता रहेको आयोजक टिमका प्रवक्ता भावुक आचार्यले जानकारी दिए ।