☰ open Loading... 17 July 2024|  

शहरमुखि अन्तर्राष्ट्रिय नारी दिवस
  | २६ फाल्गुन २०७३, बिहीबार ०७:४०

नेपालमा राजनीति परिवर्तन भयो, महिलाहरुलाई ३३ प्रतिशत अधिकार पनि दिईयो । त्यो दिवसमा र टाठा–बाठा महिलाहरुका लागि मात्र समिति रह्यो यद्यपी यो भने व्यवहारिक रुपमा लागु हुन सकेको छैन । हालसम्म पनि महिला अधिकारका कुरा कागज रुपमै मात्र समिति छन् । ग्रामीण क्षेत्रका महिलाहरु अझैपनि चुलो चौकोमा समिति छन् । उनीहरुलाई महिला अधिकार के हो भन्ने बारेमा समेत थाहा छैन् ।

फायल तस्वीर

  जिल्ला हुने निर्माण कार्य र राजनीतिक दलहरुको माथिल्लो पोष्टमा समेत महिलाहरुको सहभागि न्युन नै छ । महिला अधिकारहरु दिवसमै मात्र सिमित रहेको वीरेन्द्रनगर– १३ की  अनिता सारु बताउँछिन् । विकास निर्माणका काम पनि पुरुष नै सहभागि हुन्छन, महिलाहरुलाई जानकारी नदिने गरेको दुखसो उनको छ । महिला अधिकारकर्मी भने, दिवसमा मात्र महिला अधिकार विषयलाई जोडले उठान गर्छन् ।

यद्यपी दिवस पछि भने गुमनाम नै हुने गरेको आरोप स्थानीय महिलाहरुको छ । एक दिनमा मात्र महिला अधिकार कुरा गर्नुभन्दा ग्रामिण स्तरमा महिलाको अवस्था कस्तो छ भन्ने हेक्का पनि हुन जरुरी रहेको नेतृत्वविहीन महिलाको आवाज छ । वीरेन्द्रनगरमा महिला तथा बालबालिका कार्यालयले देखाउन कै लागि १०७ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा वक्तीत्वकला सम्पन्न गरेको छ ।

वक्तीत्वकलामा अधिकासं बोल्ने वक्ताहरुले महिलाहरुले विकास निर्माणमा महिलाहरुको सहभागिता नै कम हुने गरेको दुखसो पोखे । वीरेन्द्रनगर–१८ की विमला अधिकारीले उपभोक्ता समितिमा महिलाहरुको शुन्य सहभागिता हुने गरको बताउँछिन् ।

  महिलालाई निर्माण उपभोक्ता समितिमा राखिए पनि कारोबार महिलाका श्रीमानले गर्ने र महिलाप्रति घरपरिवारले शंकाका घेरामा रहेको  दुखेसो उनको छ ।

नेपालको संविधान २०७२ ले महिलाहरुलाई विकास निर्माणदेखि लिएर सबै कार्यमा राज्यका निकायहरुमा ३३ प्रतिशत सहभागिता गराउनु पर्ने बाध्यकारी व्यवस्थामा उल्लेख छ । तर व्यवहारमा त्यसको ठिक उल्टो भईरहेको उनले महिलाहरु बताउँछन् ।

  विकास निर्माणका काम मात्र होइन, दलहरुको महाधिवेसनमा समेत ३३ प्रतिशत महिलाहरुलाई सहभागिता नगराउने गरेको विमला बताउँछिन् । संविधानले अधिकार दिएपनि अझैपनि नेपाल पुरुष प्रदान देश भएको उनको आरोप छ । ‘मुलुक आर्थिक समृद्धि बढ्न नसक्नुको मुख्य कारकतत्व नै पुरुष नै हुन्’ उनी बताउँछिन ।

नारी दिवसको सन्र्दभमा आयोजित कार्यक्रममा जिल्ला विकास समिति सुर्खेतका स्थानीय विकास अधिकारी अमृत लम्सालले  जिल्लामा  सञ्चालन गरिएका योजनाहरुको उपभोक्ता समितिहरुमा महिला सहभागिता नै बढी हुने गरेको जिकिर गरे । जिल्ला विकास समितिले महिलाहरुका लागि हरेक वर्ष ३५ प्रतिशत खर्च गरिरहेको दावी उनको छ ।

जिल्ला विकास समिति सुर्खेतबाट महिलाहरुका लागि छुट्याईएको रकम महिलाहरुको सीप विकासमै खर्च  गरिँदै आएको जानकारी पनि उनले दिए । महिला तथा बालबालिका कार्यालय सुर्खेतका प्रमुख जमुना पौडेलको अध्यक्षता भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी माहादेव पन्थ लगायत जिल्ला स्थित सरकारी तथा गैर सरकारी संस्थाको प्रमुख एवं प्रतिनीधिको उपस्थिती थियो ।

यसैबीच सुर्खेतको तरंगामा  नारी दिवसकै अवसमा विविध कार्यक्रम सञ्चालन गरेर मनाइएको छ । गाविस स्तरीय महिला सञ्जालको आयोजना र तरंगा गाविसको आर्थिक सहयोगमा सो दिवस मनाईएको हो ।  गाविस स्तरीय महिला संजालकी अध्यक्ष चन्द्रकला बुढाको अध्यक्षतामा भएको कार्यक्रममा अधिवक्ता गीता कोइराला र गाविस सचिव देवीराम सुवेदी लगायत  राजनीति दलहका प्रमुख एवं प्रतिनीधिहरुको उपस्थिती थियो । नारी दिवसको पूर्वसन्ध्यामा फागुन २३ र २४ गते नेपालको वर्तमान संविधान  कानून  भएका महिला अधिकार अधिकार विषय दुई दिने तालिम सञ्चालन गरिएको थियो । तालिममा अधिवक्ता गीता कोइरालाले सहजिकरण गरेकी थिईन् ।