☰ open Loading... 19 June 2024|  

हिमपातबाट जुफाल विमानस्थल ठप्प
  | २७ फाल्गुन २०७३, शुक्रबार १८:०५

दुनै (डोल्पा) । भारी वर्षासँगैको हिमपातले जुफाल विमानस्थलमा हवाइसेवा ठप्प भएको छ । आज बिहानदेखि नै जिल्लाभर सुरु भएको भारी हिमपात अझै जारी छ । विमानस्थलमा नेपालगन्जबाट हुने सम्पूर्ण उडान ठप्प भएको छ । अहिले विमानस्थलमा डेढ फिट हिउँ जमिसकेको र हिमपात अझै जारी रहेको विमानस्थल सुरक्षा चौकीले जनाएको छ ।

यातायातको एक मात्र विकल्पका रुपमा रहेको जुफाल विमानस्थल बन्द भएपछि आवतजावतका लागि समस्या उत्पन्न भएको छ । त्यस्तै दैनिक उपभोग्य तथा निर्माण सामग्री ढुवानीमा समेत कठिनाइ भएको छ । भारी वर्षात्का कारण उक्त विमानस्थलमा बिहीबार पनि उडान÷अवतरण हुन सकेको थिएन ।