☰ open Loading... 19 May 2024|  

लगानीमैत्री वातावरण नहुँदा व्यवसायी निराश
  | २८ फाल्गुन २०७३, शनिबार १८:०८

सुर्खेत । सुर्खेतका उद्योगी तथा व्यवसायीहरुले राजनीतिक अस्थिरताका कारण लगानीमैत्री वातावरण बन्न नसक्दा निराशा छाएको बताएका छन् । लगानीमैत्री वातावरण निर्माण गर्न सरकारले औद्योगिक विकासका लागि धेरै काम गर्न बा“की रहेको भन्दै उनीहरुले राजनीतिक परिवर्तनले मात्र मुलुक समृद्ध हुन नसक्ने तर्क राखेका छन् ।

सुर्खेत उद्योग वाणिज्य संघको शनिबार सम्पन्न ३३ औं साधारणसभामा सहभागीहरुले आर्थिक विकासबिना मुलुकमा सम्वृद्धि सम्भव नभएकाले त्यसका लागि सरकार, राजनीतिक दलहरु गम्भीर बन्न सुझाव समेत दिएका छन् । सुर्खेतको साटाखानीमा प्रदेशस्तरीय औद्योगिक क्षेत्र स्थापनाका लागि सरकारले बजेट विनियोजन गरेपनि सम्भाव्यता अध्ययनमा ढिलाई भैरहेको जानकारी सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले दिए ।

संघले सुर्खेतमा लगानी भिœयाउन लगानी वर्ष घोषणा गरेर बाह्य लगानीकर्तालाई आमन्त्रण गरिरहेको दावी गरेको अधिकारीले यहा“ क्रियाशिल राजनीतिक दलले उल्टै लगानीकर्तालाई निरुत्साहित पार्ने काम गरिरहेकोमा गुनासो पोखे । चालू आवमा सरकारले औद्योगिक क्षेत्र स्थापनाका लागि पा“च करोड रुपै“या विनियोजन गरिसकेको उनले बताए ।

भौगोलिक विकटता, कमजोर पूर्वाधारजस्ता कारणले ६ नम्बर प्रदेशमा कम लगानी भित्रिएको व्यवसायीहरु बताउँछन् । राजनीतिक अस्थिरताका कारण विभिन्न लगानीका सम्भावनाहरु आफूहरुले गुमाउ“दै गएको मध्यपश्चिम क्षेत्रीय उद्योग वाणिज्य संघका अध्यक्ष पदमबहादुर शाहीको भनाई छ । माथिल्लो कर्णाली जलविद्युत आयोजना, चौकुने सिमेन्ट, क्षेत्रीय विमानस्थल निर्माण कार्यलाई सरकारले प्राथिमकता राख्न आवशयक रहेको उनले बताए ।

सुर्खेतलाई प्रदेश नम्बर ६ कै लगानीको मुख्य गन्तव्य बनाउन आवश्यक रहेको मध्यपश्चिम क्षेत्रीय प्रशासक बेगेन्द्र शर्मा पौडेलले बताए । यसको लागि पहलकदमी स्थानीय व्यवसायीले नै गर्नुपर्ने उनले सुझाव दिए । ‘जाजरकोटको पत्थर, दैलेखको धार्मिक पयर्टन, कर्णालीको जडीबुटीलाई उपयोग गर्नसके प्रदेश सम्वृद्ध हुन्छ’ प्रशासक पौडेलले भने, ‘यसका लागि लगानीमैत्री राजनीतिक वातावरणको जरुरी छ । व्यवसायीले सरकारलाई लगानीमैत्री वातावरण निर्माण गर्नमा सघाउनुपर्दछ ।’

उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले स्वदेशी उत्पादनको प्रर्वद्धन हुन नसकेको स्विकार गरे । स्वदेशी उत्पादनको उपयोग बढाउन सके उद्योगीलाई हौसला मिल्ने र, थप लगानीको वातावरण सिर्जना हुने उनले बताए ।

साधारणसभामा महासंघका वस्तुगत उपाध्यक्ष दिनेश श्रेष्ठ, केन्द्रीय सदस्य निरक केसी, मुक्तिश्री सिमेन्ट प्रालिका अरुण सुमार्गी, कांगे्रस सभापति कमलराज रेग्मी लगायतले शुभकामना दिए । साधारणसभाको अवसरमा संघले विभिन्न क्षेत्रकालाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।