☰ open Loading... 2 May 2024|  

बस दुर्घटनामा एकको मृत्यु, १३ यात्रु घाइते
  | २९ फाल्गुन २०७३, आईतवार १८:३५

सुर्खेतमा भएको बस दुर्घटनामा कोहलपुर नगरपालिका–२ घर भएकाका सह–चालक मानबहादुर बुढाको मृत्यु भएको छ । सुर्खेत–कोहलपुर सडक खण्डको छिन्चु नजिकै आईतबार दिउसो भएको बस दुर्घटनामा बुढाको मृत्यु भएको हो ।


सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको ना ४ ख ४८६७ नम्बरको बस दुर्घटनामा १३ यात्रु घाइते भएका छन् । घाइते यात्रुहरुको उपचारको लागि कोहलपुर लगिएको ईलाका प्रहरी कार्यालय छिन्चुले जानकारी दिएको छ । बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको भनाई छ ।