☰ open Loading... 2 May 2024|  

बहुउद्देश्यी शौचालय अलपत्र
  | ३० फाल्गुन २०७३, सोमबार ०८:०५

आर्थिक अभावले काम रोकियो अध्यक्षः चपाई

सुर्खेत खुल्ला दिसामुक्त घोषणा जिल्ला भएको करिब साढे एक वर्ष वित्न थाल्यो । अझैपनि वीरेन्द्रनगरमा प्रप्यात रुपमा शौचालय छैनन् । क्षेत्रीय खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समितिले चालू आर्थिक वर्षभित्र यस जिल्लालाई खुला दिसामुक्त घोषणा गरी पूर्ण सरसफाइको यात्रा तय गर्ने लक्ष्य लिएको छ ।

तर  निर्माणधिन अवस्थामा रहेका शौचालय निर्माण हुन नसकि अलपत्र अवस्थामा छन् । जिल्लालाई पुर्ण सरसफाईयुक्त  घोषणा गर्नका लागि  ३० बुँदे सुर्खेत घोषणापत्र केही दिन अगाडी घोषणा गरिएको छ  ।

गत आर्थिक वर्ष पौष १४ गते सर्खेत खुल्ला दिसामुक्त गाविस घोषणा गर्दा इत्राम, मंगलगढी चौक, जिल्ला प्रहरी कार्यालय अगाडी खुल्ला मञ्च र हटियालाईनका शौचालय निर्माण गर्ने प्रतिवद्धता गरिएको थियो ।सो प्रतिवद्धता अनुसार अन्य शौचालय निर्माण कार्य सम्पन्न भई संचालनमा आइसकेका छन्  । तर हटियालाइनमा  बहुउद्देश्यी शौचालयको निर्माणका कार्य अधुरै  रहेको छ ।

  यस  मध्य वीरेन्द्रनगरको मुटुमै रहेको घण्टाघर पर्यटकिय स्थल जाने बाटो किनार र नेकपा एमाले पार्टी कार्यालय अगाडी कुइनेपानीमा निर्माणधिन शौचालन ९ महिना वित्दा समेत निर्माण हुन सकेको छैन । शौचालयको ढलान भने गरिएको छ । शौचालय नबन्दा कुईनेपानीको जङ्गलमा गएर नागरिकहरु खुल्ला ठाउँमै शौच गर्ने गरेका छन् । हटियालाईनमा निर्माण भएको यो शौचालयमा हाल पशु बाध्ने र पसलहरुबाट निस्किएको फोहोरहरु थुपार्ने गरिएको छ ।

निर्माण कार्यको जिम्मा लिएको निकायनै गैर–जिम्मेवार बन्दा यस्तो  फोहोरा फाल्ने गरिएको स्थानीय बताउँछन् । हटियालाइनमा निर्माधिन यो शौचाललयमा फोहर मात्र हैन निर्माण अपूरै रहँदै शौच समेत गर्ने गरेका  छन् ।  शौचालय निर्माणको जिम्मा  द ग्रिन सिटी सुर्खेतले लिइएको हो  । तर निर्माण कार्यलाई विचैमा  अलपत्र अवस्थामा छोडिएको छ ।

  निर्माणका लागि प्रयोग गरिने अधिकाँस सामाग्रीहरु पनि अस्तव्यस्त रुपमा फालिएको छ । निर्माणको जिम्मा लिएको ग्रीन सीटीको  लापरवाहिका कारण निर्माण सामग्री अस्तव्यस्त बनेका छन् । कतिपयले आवश्यकता पर्ने बालुबा र गुट्टीहरु पनि लिने गरेको स्रोतले बतायो । ढलानका लागि प्रयोग गरिने बास नागरिकहरुले दाउराको रुपमा प्रयोग गर्न लगेका छन् एक व्यापारीले बताए ।

  यता, उपत्यका नगर विकास समिति सुर्खेतका अध्यक्ष धु्रबकुमार चपाईले आर्थिक अभावले निर्माण कार्य रोकिएको जानकारी दिएका छन् । निर्माण कार्य रोकिनुको अरु कुनै कारण नभई बजेट अपुग भएकाले शौचालय निर्माण अलपत्र परेको बताए । उनका अनुसार  उपत्यका नगर विकास समिति, जिल्ला विकास समिति, वीरेन्द्रनगर नगरपालिका, खानेपानी कार्यालय, नेपाली सेना लगायतले र्शौचालय बनाउन जनश्रम दान र आर्थिक सहयोग गरेका थिए । सवैको प्रतिवद्धता अनुसार निर्माण कार्य अगाडी बढाईएको हो तर बजेट अभावले केही दिन काम रोकिएको अव अब तत्कालै काम अघि बढ्छ’ चपाईँले भने ।

जिम्मा लिएको ग्रीन सिटी सुर्खेतलाई नगर विकास समितिले  समय–समयमा निर्माण कार्य अगाडी बढाउन आग्रह गरेकाले अबको  १५ दिन भित्र निर्माण कार्य सम्पन्न गरिने  अध्यक्ष चपाईले प्रतिवद्धता जनाए ।