☰ open Loading... 3 May 2024|  

हात्तीपाइले रोगको औषधी अनिवार्य खान आग्रह
  | १ चैत्र २०७३, मंगलवार ११:३४

सुर्खेत । जिल्ला जनस्वास्थ्य कार्यालयले सुर्खेतले यस वर्ष  हात्तीपाईले रोगको औषधी खुवाउने भएको छ । यही चैत्र ५ गते देखी ७ गतेसम्म  सञ्चालन हुन लागेको अभियानमा सुर्खेतका ७५ हजार घरधुरीका ३ लाख ६४ हजार नागरिकलाई औषधी खुवाउन लागिएको हो ।

अभियानलाई सार्थकता दिन कार्यालयले जिल्लामा पाँच सय स्वास्थ्यकर्मी, स्वयम सेवक खटिने छन् । अभियानको पहिलो दिन सम्वन्धित केन्द्र र दोस्रो तथा अन्तिम दिन घरदैलो भेटघाट कार्यक्रम सञ्चालन गरिने जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख बसन्त अधिकारीले जानकारी दिए । उनले यो पटकको अभियान अन्तिम पटक भएकाले नागरिकहरुलाई अनिवार्य औषधीको सेवन गर्न आग्रह गरेका छन् ।

उनका अनुसार जिल्लाका चार गाउँपालिका र पाँच नगरपालिकामा अभियान एकैसाथ सञ्चालन हुनेछ । नागरिकले औषधी खाँदा स्वास्थ्यकर्मि र स्वयमसेविकाको निगरानीमा औषधि खानु पर्नेछ । विगतको तुलनामा सुर्खेतमा हात्तिपाइलेका संक्रमित कम भेटिएको  जनस्वास्थ्य प्रमुखले जानकारी दिए ।

६ वर्ष अगाडी सर्वेक्षण गर्दा  सुर्खेतमा १७ प्रतिशतलाई हात्तिपाइले थियो भने । चालु आर्थिक वर्षमा सर्वेक्षण गर्दा  ० दशमलव १ प्रशितलाई मात्र हात्तिपाईले बाट संक्रमित छन, उनले बताए ।