☰ open Loading... 13 July 2024|  

आदिवासी जनजातीले सुर्खेतमा निकाल्यो सिटी जुलुश
  | १ चैत्र २०७३, मंगलवार १८:०१

सुर्खेत । नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् सुर्खेतले सिटी जुलुल निकालेको छ । परिषद्को आन्दोलनको केन्द्रीय कार्यक्रम अन्तरगत सुर्खेतले पनि मंगलबार सिटी जुलुश निकालेको हो ।


आदिवासी जनजातीहरुको हक अधिकार नयाँ संविधानले कुण्ठित गरेको र आदिवासी जानजाती उत्थान राष्ट्रिय प्रतिष्ठान विघटन गर्ने कोशीस सरकारले गरेकोले परिषद्ले देशव्यापी आन्दोलन शुरु गरेको नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् सुर्खेतका अध्यक्ष पञ्चसिंह रोकाय खाम्पाले जानकारी दिए ।

स्थानीय निकायमा आदिवासी जनजातीको थातथलोहरु टुक्राएर छिन्नभिन्न गरेकोकाले स्थानीय तहमा किटान गरी विशेष स्वायत्त क्षेत्र निर्धारण गर्नु पर्ने माग आफूहरुको रहेको उनले बताए । यस्त्र, स्थानीय तहको सिमाकंन नामाकंन गरी स्थानीय तह आयोगले विभेद गरेको र अन्तर्राष्ट्रिय १६९ को सम्झौता अनुसार कानुनी सुनिश्चित माग गर्दै वीरेन्द्रनगरमा पनि आन्दोलन अन्तरगत पहिलो चरणमा सीटी जुलुश गरिएको उनको भनाई छ ।

स्थानीय मंगलगढी चौकबाट शुरु भएको सिटी बजाउँदै ¥याली वीरेन्द्रचौकमा पुगेर सभाको आयोजना गरेको थियो । सभामा परिषद् सुर्खेतका अध्यक्ष पञ्चसिंह रोकाय खाम्पा, महासंघका पूर्व अध्यक्ष मोहन गुरूङ, भिमबहादुर सिंजाली, जातीय संस्थाका तर्फबाट वीरवहादुर राउत, उपाध्यक्ष जीवन शाक्यले सरकारलाई दिएको ध्यानाकर्षण पत्रका बारेमा जानकारी दिएका थिए । खाम्पाका अनुसार आन्दोलन अन्तरगत चैत्र ४ गते मानव साग्लो कार्यक्रम रहेको छ ।