☰ open Loading... 13 July 2024|  

मेडिकल कलेज मप विश्वविद्यालयको मतहतमा रहने
  | २ चैत्र २०७३, बुधबार २०:५०

सुर्खेत ।  प्रदेश नम्बर ६ को सम्भावित राजधानी सुर्खेताम स्थापना हुन लागेको मेडिकल कलेज मध्यपश्चिम विश्वविद्यालय अन्तरगत नै सञ्चालन हुने भएको छ । काठमाडौंमा सम्पन्न मध्यपश्चिम विश्वविद्यालयको छैठौं सिनेट (साधारण सभा) ले सुर्खेतमा स्थापना हुन लागेको मेडिकल कलज विश्वविद्यालय अन्तरगत रहने प्रस्ताव पारित गरेको छ । अव मेडिकल कलेज छुट्टै स्थापना नभएर विश्वविद्यलायको मतहतमा रहने भएको हो ।

विश्वविद्यालयले एक प्रदेश एक मेडिकल अवधारणा अन्तरगत सुर्खेतमा स्थापना हुने मेडिकल कलेज विश्वविद्यालय अन्तरगत सञ्चालन गर्न स्वीकृति प्रस्ताव सिनेटमा पेश गरेको थियो । बुधबारको सिनेटले उक्त प्रस्ताव मध्यपश्चिम विश्वविद्यालयको आर्थिक प्रशासन नियमाली, २०६९ अन्तरगत सञ्चालन हुनेगरी अनुमोदन गरेको विश्वविद्यालयका सूचना अधिकारी विष्णुबहादुर खड्काले जानकारी दिए ।

‘विश्वद्यिालयको विकासको लागि कटिवद्ध छु’   

मध्यपश्चिम विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मध्यपश्चिम विश्वविद्यालयको विकासको लागि आफू कटिवद्ध रहेको बताएका छन् । उनले आजको भूमण्डलीकरणको युगमा सूचना प्रविधिले निम्त्याएको ग्लोबल कम्युनिटीमा समायोजन भई आजको विश्व बजारमा खपत हुन सक्ने सीपमा आधारित, उपलब्ध प्राकृतिक स्रोत साधनलाई परिचालन गर्न सक्ने योग्यता र दक्षता भएका गुणस्तरिय जनशक्ति उत्पादनमा केन्द्रित हुन निर्देशन समेत दिएका छन् ।  

 प्रदेश ६ को विकास लागि स्थापना भएको विश्वविद्यलायल सोही क्षेत्रको गरिबी, रोग, भोक, अशिक्षा, पछौटेपन, अन्धविश्वासलाई चिर्दै स्वाभिमानी, स्वाबलम्बी र राष्ट्रवादी नागरिक निर्माणको अभियान र सिङ्गो मुलुकलाई नै विकास तथा समृद्धिको दू्रत गतिमा डो¥याउनमा सहयोग पु¥याउने अपेक्षा राखेको बताए । विश्वविद्यालको केन्द्रीय भवन निर्माण कार्य राम्रो भएको भन्दै उनले विश्वविद्यालयका अन्य शेक्षिक तथा पुस्तकालय भवन निर्माणमा बजेट अभाव हुन नदिने प्रतिवद्धता जनाए ।

भवन निर्माणको लागि आवश्यक सहयोग जुटाउनेमा प्रतिवद्धता जनाएका थिए । शिक्षामन्त्री धनीराम  पौडेलले  विश्वविद्यालयले साधारण र प्राविधिक उच्च शिक्षालाई सँगसँगै अगाडि बढाइरहेकाले यसलाई थप निरन्तरता दिनु पर्ने धारणा राखे । विश्वविद्यालय सुर्खेतमा नै स्थापना गर्ने निर्णय  सहि भएको स्मरण गर्दै यसको विकास र विस्तारमा उपकुलपति तथा विश्वविद्यालयका पदाधिकारीले खेलेको भूमिकाको उच्च प्रसंसा समेत सहउपकलपति पौडेलले गरेका थिए । उनले आंगिक क्याम्पसहरूको कार्यन्वयन, सेवा आयोगको प्रक्रिया अगाडि बढाउने र प्रस्तुत प्रस्तावलाई कार्यन्वयनमा लैजानमा ढिलाई गर्न नहुनेमा जोड दिए ।

उनका अनुसार मध्यपश्चिम विश्वविद्यालयका सहउपकुलपति समेत रहेका शिक्षामन्त्री धनिराम पौडेलले मेडिकल कलेज  स्थापना सम्बन्धी कामलाई अगाडि बढाउन कुलपतिको संयोजकत्वमा कार्यदल गठन गरी प्रक्रिया अगाडि बढाउने आश्वासन समेत दिएका छन् । मप विश्वविद्यालयको संगठन तथा शैक्षिक–प्रशासनिक नियमावली तेस्रो संशोधनको प्रस्ताव दीक्षान्त समारोहको प्रतिज्ञापत्र सम्बन्धी प्रस्ताव पनि पारित भएको छ ।

सिनेटले सामुदायिक जलजला बहुमुखी क्याम्पस, लिवाङ, रोल्पालाई कार्यकारी परिषद्ले तोकेका शर्त र मापदण्डका आधारमा आङ्गिक क्याम्पसको रुपमा आबद्ध गर्ने स्वीकृतिको प्रस्ताव  समेत पारित गरेको छ । सिनेटमा विश्वविद्यालयका रजिष्ट्रार डा. महेन्द्रकुमार मल्लले मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा सञ्चालन हुँदैं आएका शैक्षिक, प्राज्ञिक कार्यक्रमहरुको निरन्तरताका साथै थप शैक्षिक प्राज्ञिक कार्यक्रमहरुको तयारी,  विद्यमान सबै सङ्काय अन्तर्गतका कार्यक्रमहरूको सुदृढीकरणर भौतिक पूर्वाधारहरूको निर्माण कार्यहरूलाई प्रस्तुत गरेका थिए ।

उनले विश्वविद्यालयको शिक्षालाई अनुसन्धानमुखी र शिक्षकहरूको क्षमता विकास गर्न लघु अनुसन्धान, जर्नल प्रकाशन जस्ता अनुसन्धानमुलक कार्यहरू कार्यान्वयन गर्दै लगिएको जानकारी दिए । ‘शैक्षिक सत्रदेखि व्यवस्थापन संकाय अन्तर्गत पीएचडी तहको अध्ययन अनुसन्धान प्रारम्भ गर्न लागेका छौं’ रजिष्ट्रार मल्लले भने,–‘विश्वविद्यालयमा समायोजन भएका केन्द्रीय क्याम्पसका शिक्षक तथा कर्मचारीहरू र सेवा आयोगबाट पदपूर्ति गरिने शिक्षक तथा कर्मचारीहरूको लागि नियमानुसार दिनुपर्ने सेवा सुविधाको लागि आर्थिक स्रोत जुटाउन (बाँकी ३ पेजमा) चुनौती थपिएको छ ।’

रजिष्ट्रार मल्लले विश्वविद्यालयले अध्ययन अध्यापनको कार्यक्रमहरूलाई नागरिक स्तरसम्म प्रवाह गर्न, आमसञ्चार र पत्रकारिता विषयको प्रवद्र्धनका लागि विश्व विद्यालयमा एफ.एम रेडियो संचालन तथा पत्रिकाहरुको प्रकाशनका लागि रेडियो र पत्रपत्रिकाको दर्ताको कार्य थालनी गरिएको जानकारी दिए । सिनेटमा विश्वविद्यालयको आर्थिक वर्ष २०७२।०७३ को प्रगति प्रतिवेदन रजिष्ट्रार मल्लले प्रस्तुत गरेका थिए ।

उनले केन्द्रीय कार्यालय र यस अन्तर्गतका निकायहरुका लागि आ.व. २०७२ र ०७३ मा विश्वविद्यालय अनुदान आयोगबाट पूँजीगत र सञ्चालनतर्फ गरी १९ करोड बजेट निकाशा र आन्तरिक स्रोतबाट ९ करोड १२ लाख ६५ हजार ७९९ गरी जम्मा २८ करोड १२ लाख ६५ हजार ७९९ रुपैयाँ आय रहेको जानकारी दिए । उनले पूँजीगतमा रु. ६ करोड ७९ लाख ५९ हजार २९४ र संचालनमा रु १४ करोड ५२ लाख ४८ हजार ८४५ रुपैयाँ गरी जम्मा २१ लाख ३२ हजार ८ हजार १२९ रुपैया रहेको खर्च भएको जानकारी दिए ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइरालाले यस क्षेत्रका १० ओटा सामुदायिक क्याम्पसहरूलाई आङ्गिक क्याम्पसका रूपमा ग्रहण गर्ने, पाँचौ सभाद्वारा ७ वटा थप गरिएका सामुदायिक क्याम्पसहरूलाइ नीतिगत निर्णय ‘एक जिल्ला एक आङ्गिक क्याम्पस’को नीति अनुरूप प्रस्तावको रूपमा प्रस्तुत गरिएको दावी गरे ।

उच्च शिक्षालाई प्रतिस्पर्धी, जीवन उपयोगी बनाउन र यसको विकास तथा विस्तार गर्न आवश्यक पर्ने साधन स्रोतको कमीका कारण अपेक्षित फड्को मार्न नसेको जानकारी दिए । उपकुलपति कोइरालाले सवैको सहकार्यमा शैक्षिक गतिविधिहरूलाई प्रभावकारी पाठ्यक्रमहरूलाई गुणस्तरीय, प्रतिस्पर्धी एवम् जीवनोपयोगी बनाउनमा आफूहरु लागिरेको उल्लेख गरे । अध्ययन, अनुसन्धान एवम् वौद्धिक, प्राज्ञिक रुपमा अब्बल तुल्याउँदै मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई उच्च शिक्षाको उत्कृष्ट केन्द्रका रुपमा पहिचान बनाउन लागिपरेको बताए ।

छलफलमा भाग लिदै प्राध्यापक संघ नेपालका सभापति प्राध्यापक रामेश्वर उपाध्याय र मध्यपश्चिमाञ्चल विश्वविद्यालय कार्यकारी परिषद्का सदस्य एवम सभासद भिउसिं बुढालेले विश्वविद्यालयमा आंगिक क्याम्पसका रूपमा पारित गरिएका क्याम्पसहरुलाई तुरुन्त कार्यान्वयन गर्नु पर्ने तर्क राखेका थिए ।

उनीहरुले विश्वविद्यालय स्थापनाकालदेखि हालसम्म कार्यरत शिक्षक कर्मचारीहरूको स्थायित्व र पदोन्नति एवम् खुल्ला प्रतिष्पर्धाबाट योग्य र दक्ष जनशक्तिको विश्वविद्यालयमा प्रविष्टिको लागि विश्वविद्यालय सेवा आयोगमार्फत सो प्रक्रिया कार्यन्वयन हुन नसक्नु दुखद् पक्ष भएको बताए । उनीहरुले सभामा ध्यानकर्षण स्वरूप अबिलम्ब गत बैशाखमा गरिएको विज्ञापनको कार्यन्वयन र नयाँ विज्ञापनको प्रक्रियामा लैजान निर्देशन दिन हुन विशेष अनुरोध समेत गरेका थिए ।