☰ open Loading... 17 July 2024|  

अध्यक्ष ओलीसहित केन्द्रीय नेता भोली सुर्खेत आउदै
  | ४ चैत्र २०७३, शुक्रबार ०७:२८

 पुर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोली (शनिबार) सुर्खेंत आउने भएका छन् । मेची–महाकाली अभियान अन्र्तगत नेकपा एमालेको प्रदेश नम्बर ६ कमिटीले आयोजना गरेको विशाल जनसभालाई सम्बोधन गर्न अध्यक्ष ओलीसहित पार्टीका बरिष्ठ नेताहरु सुर्खेत आउन लागेका हुन ।

  जनसभालाई सम्बोधन गर्न पुर्व प्रधानमन्त्री तथा पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाल, पुर्व प्रधानमन्त्री  झलनाथ खनाल,  पूर्व गृहमन्त्री बामदेव गौतम, पार्टी सचिव योगेश भट्टराई लगायतका केन्द्रीय कमिटका नेताहरु सुर्खेतमा आउन लागेको नेकपा एमाले ६ नं. प्रदेश कमिटीका सह–सयोजक यमलाल कंडेलले जानकारी दिए ।

बिहिबार गरेको पत्रकार सम्मेलनमा सह–संयोजक कंडेलले सभामा हजारौँको संख्यामा पार्टीका कार्यकताहरुको सहभागिता रहेने बताए ।

  प्रदेश नं. ६ का १० वटै जिल्लाहरुबाट नेता तथा कार्यकर्ताहरु विशाल सभामा सहभागी हुने उनको भनाई छ । कंडेलका अनुसार सुर्खेत उपत्यका बाहिरबाट मात्र एकसय बढी गाडीहरुको माग गरेकाले आज वीरेन्द्रनगर बाहिर पठाइदै छ ।

  विशेषत उपत्यकामा पहिलो शनिबार बजार बन्द हुने भएकाले पनि सोचे भन्दा बढीको सहभागिता हुन अपेक्षा प्रदेश कमिटीको छ  ।

भोली शनिबार हुने जनसभाको अन्तिम तयारी भईसकेको आयोजकले जनाएको छ । नेता तथा कार्यकर्ताहरुको सहभागिता धेरै हुने भएकाले घण्टाघर पार्कमा आयोजना गरिएको विशाल जनसभा वीरेन्द्रनरको खुल्ला मञ्चमा गरिने भएको छ ।

  सभालाई व्यवस्थित बनाउन एमालेका ३ सय भन्दा बढी स्वयंम सेवकहरु परिचालन गरिने कंडेलले बताए । विगतका सभा भन्दा यसपालि गर्न लागिएको सभा फरक रहेकाले स्वयम सेवक बढी परिचालन गर्न लागिएका उनले उल्लेख गरे ।

‘सभा विथोल्नु लोकतन्त्र माथिको प्रहार’

  पत्रकार सम्मेलनमा नेकपा एमालेका उपाध्यक्ष एवं ६ नं. प्रदेश संयोजक युवाराज ज्ञवालीले सभा विथोल्नु खोज्नु भनेको लोकतन्त्र माथिको प्रहार भएको बताएका छन् ।

मधेसमा एमालेको सभा विथल्न खोजिएको होइन सिङ्गो लोकतन्त्रलाई विथल्न खोजिएको हो, उनको भनाई छ । राजतन्त्रमा राजाले एमालेको सभा विथल्न सकेन, माओवादीको १० वर्षे जनयुद्ध समयमा एमाले जस्तो लोकतन्त्रि पार्टीले आयोजना गरेको सभालाई अवरोध गर्न सक्ने हिक्मत भएन, उपाध्यक्ष ज्ञवालीले थपे, साना तिना पार्टीले एमाले सभालाई विथोल्न प्रयास ग¥यो खोज्यो उनले बताए ।

  सुर्खेतको इतिहास पहिलो पटक यस्तो जनसभा हुन लागेको दावी गरे ।   मेची–महाकाली अभियान अन्र्तगत होइन, उनले थपे, प्रदेश कमिटीको प्रथमले बैठकले विशाल गर्ने निणर्य गरेको थियो, सोही अनुरुप सभा आयोजना गरिएको उनको भनाई छ ।

हजारौ कार्यकर्तालाई जनसभामा उत्रानका लागि आन्तरिक तयारी भई रहेको  उपाध्यक्ष ज्ञवालीले जानकारी दिए । सभालाई व्यवस्थित बनाउनका लागि पार्टी भित्र आन्तरिक गतिविधि भई रहेको  उनले बताए ।

  पछिल्लो समय देखिका समस्यालाई चिर्नका लागि एमालेले मेची महाकाली अभियान संचालन  गरेको  उनले बताए ।  अहिले जात– जातिका नाम होस या धर्म–धर्म बीच र पहाडी र मधेसीमा विभाजित गरि मुलुकलाई विखण्ड गर्ने काम भई रहेको छ, उनले भने, एमालेले सिङ्गो मुलुक  कायम राख्नका लागि मेची–महाकाली अभियान आयोजना गरेको जानकारी दिए ।

अहिले केही शक्तिहरुले पहाडी र मधेसी भनि मनोविज्ञान फैलाउने काम गरेको छ, त्यसलाई एमाले र्चिन चाहान्छ, सबै नेपाली भएको देख्न चाहान्छ, उनको भनाई छ ।