☰ open Loading... 23 July 2024|  

‘अर्गानिक नेपाल बनाउन युवा जुटौं’
  | ७ चैत्र २०७३, सोमबार ०७:५९

 राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले आर्गनिक नेपाल बनाउनका लागि युवाहरु आ–आफ्नो स्थानबाट लाग्नु पर्ने बताएका छन् । आइतबार वीरेन्द्रनगरमा जिल्ला युवा समितिको कार्यालय सुर्खेतले ‘समृद्ध नेपालका लागि स्वस्थ, कर्मठ र उद्यमी युवा’ भन्ने मुल नाराका साथ आयोजित युवा परामर्श कार्यक्रममा उनले बताएका हुन ।

अब युवा पुस्ताले परम्परागत चिन्तनलाई त्यागेर प्रविधिलाई आत्मसाथ गर्दै अघि आग्रह गरे । उनले भने–‘कृषिलाई व्यवसायी करण गर्नका लागि नयाँ टेक्नोलोजी प्रयोग गर्नु पर्छ, ‘ परम्परागत शैलिमा कृषिलाई व्यवसायीकरण गर्न सकिदैन’ उनको भनाई छ । ६ नं. प्रदेशको विकास र समृद्धिका लागि युवाहरुले विकासवादी दिमाग बनाउनु पर्छ, उनले बताए ।

मुटु प्रदान विचारले माया दिन्छ, समक्ष बनाउदैन उनले थपे टाउको प्रदान विचारले समक्ष र विकास गर्नमा मद्दत गर्छ, उनको बताए । अब मुटु प्रदान विचारले होइन टाउको प्रदान विचार बनाउनु पर्छ, उनको भनाई छ । मुटु प्रदान विचारले मानिसलाई हावी बनाउछ ।

आत्म निर्भरका लागि राज्यले पनि मुलुक बाहिरबाट कुनैपनि कुषि जन्य वस्तु आयत गर्ने भनि निर्णय गर्नुपर्ने आवश्यता रहेको, उपाध्यक्ष ढुङ्गेल जिंकिर गरे ।

युवाहरुलाई विदेश पलायन हुन नदिनका लागि राष्ट्रिय युवा परिषदले विभिन्न कार्यक्रमहरु ल्याउन लागेका छौँ । चालु आर्थिक वर्षबाट मात्र १ वडा १० जना ग्रामीण युवा उद्यमी कार्यक्रम लागु गर्ने जानकारी दिए । युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्नका लागि सी.टि.ई भी.टी र घरेलु  तथा सानो उद्योग विकास समिति र गैर–सरकारी संस्थाहरुसंग सम्झैता गरेका छौँ । यस्तै सामुदायिक विद्यालय उद्यम खडा गर्नका लागि राष्ट्रिय युवा परिषदले मुलुकका १३ हजार विद्यालयमा उद्यमी विद्यार्थी क्लव गठन गर्ने अभियानको केही समयपछि थालनि गरिने उनले जानकारी दिए ।

भ्रmपा बृहत खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष कुलमणि देवकोटाले स्वरोजगार बन्नका लागि बनाएका सपनाहरुलाई  दिनचार्य र व्यवहारलाई एउटै बनाउनु पर्ने सुझाव दिए । त्यो काम गर्दा कस्तो हुन्थ्यो, अर्को काम गर्दा कस्तो हुन्छ भन्ने विषयमा चिन्तन नबन्नु होस, अध्यक्ष देवकोटाले भने, जुन कामको थालनि गर्नु भएको छ त्यस मै सफलता प्राप्त गर्छु भनि लाग्नुहोस, उनको भनाई छ ।

उनले, भोली गएर के गर्ने भनेर आज देखि माइड मेकप गर्नुहोस । अरुले गरेको कामको टिप्पणी गरेर समय वर्वाद नगर्नुहोस, आफुले देखिने गरी काम गर्नुहोस उनको भनाई छ ।

जिल्ला युवा समितिका अध्यक्ष टेकेन्द्रकुमार बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय युवा परिषदकाका केन्द्रीय सदस्य टेकराज पछाई, समाज जागरण केन्द्र (स्याक) नेपालका कार्यकारी निर्देशक टिकाराम आचार्य लगायतको उपस्थिती थियो ।