☰ open Loading... 26 February 2021|   शुक्रबार, फाल्गुन १४, २०७७

ट्राफिक कार्यालय जिप्रकाको पुरानो भवनमा, थपियो पार्किङ्गस्थल घर भने पुरानै
  |

 जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले आफ्नै भवनबाट सेवा प्रदान गर्ने भएको छ । लामो समयदेखि साघुरो स्थानबाट नागरिकलार्य सेवा प्रदान गर्दै आएको जिल्ला ट्राफिकले अव प्रयाप्त पार्किङ्ग भएको घरबाट सेवा प्रवाह गर्न थालेको हो ।

जिल्ला ट्राफिक कार्यालय सरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतको पुरानो भवन । फायल तस्वीर

 वीरेन्द्रनगरको बसपार्क नजिकै रहेको अप्रयाप्त पार्किङ्ग र साँघुरो ठाउँबाट सेवा प्रवाह गर्दै आएको ट्राफिक प्रहरीले नयाँ स्थानबाट सेवा शुरु गरेको छ । हालसम्म ट्राफिक प्रहरी कार्यालय सुर्खेतको आफ्नै भवन छैन् । तर जिल्ला प्रहरी कार्यालयले छोडेको पुरानो भवनबाट सेवा दिने गरी ट्राफिक कार्यालय सरेको हो ।

प्रदेश नम्बरको ६ को राजधानीका रुपमा प्रस्तावित सुर्खेतमा ट्राफिक प्रहरीको आफ्नै भवन हालसम्म निर्माण हुन सकेको छैन् । वर्षौदेखि आफ्नै भवन निर्माण नहुँदा भाडाको घरबाट सेवा प्रवाह गर्दै आएको थियो । सुर्खेतमा सवारी चाप पढ्दै जाँदा ट्राफिक नियम पालना नगर्दा कारवाहीमा पर्ने सवारीको संख्या पनि बढेको थियो । प्रदेशकै ठुलो व्यस्त शहरका रुपमा चिनिने वीरेन्द्रनगरमा लोकतन्त्रको उदयसंगै ट्राफिक प्रहरी कार्यालयको स्थापना भएको हो ।

  जिल्ला प्रहरी कार्यालय रहेको पुरानो भवनमा ट्राफिक कार्यालय सरेको ट्राफिक प्रमुख सावनसिंह क्षेत्रीले जानकारी दिए । ‘भाडाको घरमा अप्रयाप्त पार्किङ्ग र सेवा प्रवाहमा निकै समस्या हुने गरेको थियो’ ट्राफिक प्रमुख क्षेत्रीले भने,–‘घर पुरानै भएपनि प्रयाप्त कोठा र पार्किङ्ग भएकाले सेवा प्रवाहमा सहजता भएको छ ।’ नयाँ स्थानमा कार्यालय सरेपछि भाडाबाट समेत उन्मुक्ती पाएको छ । भाडा ट्राफिक कार्यालयले वार्षिक एक लाख २४ हजार घर भाडा तिर्दै आएको थियो ।

०६३ साल माघ १९ गते स्थापना भएको ट्राफिक कार्यालयले साँघुरो स्थानमा सेवा दिँदा निकै समस्या हुने गरेको पीडा ट्राफिक प्रहरीले सुनाए । ‘स्थापनाकालदेखि नै आफ्नै भौतिक संरचना नहुदाँ भाडाको घरबाट सेवा दिँदै आएको रहेछ’ ट्राफिक प्रमुख क्षेत्रीले भने,–‘करिव १० वर्षपछि आफ्नै कार्यालयमा सोमबारदेखी सरेका छौं ।’

  बढ्दो सवारी साधनको चापले ट्राफिक नियम उल्घंन गर्नेको संख्या पनि बढ्दो छ । ‘कारवाहीमा परेका सवारी साधन राख्ने प्रयाप्त ठाउँ नै थिएन्’ क्षेत्री भन्छन्,–‘कारवाहीमा परेका सवारी साधन चोरी वा अन्य केही क्षती पुग्छकी भन्ने चिन्ता हामीमा थियो, अव त्यसबाट उन्मुक्ती पाएका छौं ।’

विगतमा ट्राफिक कार्यालयसंग पार्किङ नहुदाँ गाडीहरु राख्न निकै समस्या थियो अब नयाँ कार्यालय  सरेपछि कारवाही गरिएका गाडीहरुलाई राख्न सहज हुने उनी बताउँछन् । एउटै कोठाबाट सबै सेवा दिँदा निकै समस्या हुने गरेको बताएका उनले नयाँ भवनबाट सेवा प्रवाहमा सहजता हुने अपेक्षा राखे ।

प्रकाशित मितिः बुधबार, चैत्र ९, २०७३     9:54:52 AM