☰ open Loading... 19 April 2024|  

बैदेशीक रोजगारीमा महिलालाई हुने विभेद कम गर्न माग
  | १० चैत्र २०७३, बिहीबार १९:४२

सुर्खेत । पछिल्लो समय वैदेशिक रोजगारीमा महिलाहरु बढी ठगिने र यौन शोषणमा पर्ने गरेको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । । बिहिबार वीरेन्द्रनगर पौरखी संस्थाले आयोजना गरेको कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन ।

राज्यले नै विदेशमा गएका नेपालीहरु कुन ठाँउमा छन्, कुन कम्पनीमा काम गरिराखको छन्, निगरानी गरिनु पर्ने सुझाव पनि उनीहरुले दिएका छन् । अधिवक्ता कृष्णबहादुर हमालले राज्यले नै विदेशी रोजगारी सम्बन्धी कानून निर्माण गर्नुपर्ने आवश्यता रहेको बताए । तर राज्यले ठोस कानून बनाए सम्म बैदेशिक रोजगारीमा देखिएका समस्यालाई समधान गर्नमा निकै चुनौति रहेको उनको तर्क थियो । भाषण गर्दैमा वैदेशिक रोजगारीमा देखिएका समस्याको न्यूनिकरण नहुने बताएका अधिवक्ता हमालले आवाज उठाएर होइन हुदैन, सरकारले कानुन बनाउने विषयमा थाहा पाउनु पर्ने उल्लेख गरे ।

मध्यपश्मिाञ्च क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतका निमित्त क्षेत्रीय प्रशासक जगत बस्नेतले वैदेशिक रोजगारीमा देखिएका समस्यालाई समधान गर्न सरकारले कदम चालि रहेको जानकारी दिए । ‘रोजगारी सम्बन्धी नीति नियम बनाउन गैर–सरकारी संस्थाहरुले पनि सहयोग गर्नु पर्छ’ निमित्त प्रशासक बस्नेतले भने,– ‘नीति बनाउँदा सवैको सहभागीता हुँदा कार्यान्वयनमा पनि सहजता हुन्छ ।’

राज्यले महिलाहरुलाई वैदेशिक रोजगारी जानका लागि विभेद पुर्ण निणर्य गरेको पौरखी नेपाल संस्थाकी अध्यक्ष मञ्जु गुरुङ्गले आरोप छ । राज्यले महिलालाई विदेश जानका लागि उमेर हक बन्दी तोकिएकोमा दुख व्यक्त गर्दै, त्यो महिलाहरुका लागि अन्यापुर्ण भएको टिप्पणि उनको छ । बैदेशिक रोजगारीमा जान राज्यले महिला र पुरुषका लागि एउटै उमेरको हतबन्दी गर्नु पर्ने माग उनको छ ।

हाल सरकारले महिलाको हकमा वैदेशिक रोजगारीमा जानका लागि २४ वर्ष पुग्नु पर्ने कानुनी प्रावधानमा समावेश छ । राज्यले विभेद पुर्ण उमेरको हतबन्दी निर्णय गर्दा दक्षिणको खुल्ला सिमानाबाट जाने महिलाहरुले बढी दुःख पाउएको उनको भनाई छ ।

राज्यले भारतमा काम गर्न जाने नेपाली अप्रवासीलाई समेत अभिलेखा राखि जाने संशोधन गर्दा नीति बनाउनु पर्ने उनको माग पनि छ । सबैभन्दा बढी भारतमै नेपाली कामदारहरु ठगिने गरेको पोरखीको भनाई छ । साथै महिलाहरुले सूचना थाहा नपाउदाँ राज्यबाट नै पाउने सेवा सुविधामा पनि ठगिने गरेको उनले बताईन् ।

‘राज्यले विदेश जानुभन्दा पुर्व तालिमको व्यवस्था गरेको छ’, अध्यक्ष गुरुङ्गले भनिन्, ‘हतार गरेर तालिम नलिएर जान्छ, त्यसपछि विदेशमा गएर दुःख पाउनुको मुख्य कारक राज्यले सचेतनामुलक कम गर्न नसक्नु नै हो ।’ कामको शिलसिला विदेश जाने व्यक्तिहरुले पहिला आफुले गर्नेको बारेमा विस्तृत जानकारी लिएर मात्र जान सुझाव उनले दिइन् । पछिल्लो समय वैदेशिक कम्पनीहरुले एउटा कामको लागि माग गरेपनि हाम्रो मुलुकबाट जानेहरु अर्कैका काममा जाँदा समस्या उत्पन्न भएको बताइन् ।

विदेशीमा काम गर्ने नेपाली कामदारको अधिकार सुनश्चित गर्नका लागि नेपाल सरकारले दुई पक्षिय सम्झौत गर्नुपर्ने कानून बनाउन उनको सुझाव छ । यस्तै कार्यक्रममा सहभागि भएका मध्यपश्मिाञ्चल विश्वविद्यालयका उप–प्रध्यापक उपेन्द्र विकले राज्यले कम स्केल भएकाहरुलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्ने र हाई स्केल भएकाहरुलाई मात्र बाहिरी मुलुकमा रोजगारीमा जान मिल्ने नीति ल्याउनु सुझाव दिए । कार्यक्रममा जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवम् प्रतिनीधि लगायतको उपस्थिती थियो ।