☰ open Loading... 17 July 2024|  

शाहका हत्यारालाई कारवाहीको माग गर्दै जाजरकोटमा प्रर्दशन
  | १६ चैत्र २०७३, बुधबार १३:३२

सुर्खेत । जाजरकोटका पुर्व विद्यार्थी नेता एवं काँग्रेसका युवा नेता रविन्द्र शाहका हत्याराको पहिचान गरि कारवाहीको माग गर्दै नेपाली काँगेसले विरोध प्रदर्शन शुरु गरेको छ ।  । खलंगामा सयौंका संख्या स्थानीय नागरिकहरु सडकमा उत्रिएर विरोध प्रर्दशन शुरु गरेको खवर छ ।

पो पनि पढ्नुस् : हत्यारालाई कारवाहीको माग गदै जाजरकोटमा बजार बन्द

जाजरकोटमा काँग्रेस नेता रविन्द्र शमसेर शाहको हत्या

विहानैदेखी जाजरकोट बजार र यातायात समेत ठप्प छ । आफन्त र जिल्लावासीले हत्यामा संलग्नहरु तत्काल पत्ता लगाई आवश्यक कारवाहीको माग गरेका छन् । भेरी नगरपालिका– ३ थाप्ले निवासी ३६ वर्षीय शाह पाँचतारा युवा संरक्षण मञ्चका अध्यक्ष समेत थिए । शाहको ७–८ को अपरिचित समूहले मंगलबार साँझ ढुंगाले हानेर अज्ञात समूहले हत्या गरेका थिए ।