☰ open Loading... 17 July 2024|  

बावियाचौर खानेपानी समितिमा पुरानै नेतृत्व यथावत
  | १६ चैत्र २०७३, बुधबार २०:०५

सुर्खेत । बाविचौर खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा नयाँ नेतृत्व चयन गरेको छ । बुधबार सम्पन्न समितिको ७ औँ वाषिकोत्सव साधारणसभा पुनः जीवन ढुङ्गानाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।

समितिको सातौं साधारणसभाको उद्घाटन गर्दै क्षेत्र नम्बर ३ का सांसद् विष्ट

समितिको उपाध्यक्षमा हरिकला तारमी, सचिवमा यामलाल बाँस्तोला, कोषाध्यक्षमा लोकबहादुर बुढा छन् । कार्य समितिको सदस्यहरुमा नरबहादुर रावल, मनिराम भण्डारी, धनसरा नेपाली, हजुरा शाही लगायत चयन भएका छन ।

समितिको उद्घाटन सत्रको उद्घाटन नेपाली काँग्रेस क्षेत्र नम्बर ३ का सांसद् तप्तबहादु विष्टले उद्घाटन गरेका थिए । साधारण सभामा उपभोक्ता समितिको आर्थिक वर्ष २०७२÷०७३ को १ करोड ४१ लाख ३२ हजार ५५१ रुपैँया बराबरको आय–ब्याय समेत पारित गरेको छ ।