☰ open Loading... 17 July 2024|  

पौडी खेल्न गएका भण्डारीको डुवेर मृत्यु
  | १६ चैत्र २०७३, बुधबार २०:१२

सुर्खेत । सुर्खेत लेखराजुल नजिकै रहेको लेखपराजुल खोलामा नुहाउन गएको बेला एक जना युवाको डुबेर मृत्यु भएको छ । २१ वषिय हुम्ला जिल्ला ठेहे वडा नं ६ निवासी रुपसिङ भण्डारीको मृत्यु भएको सुर्खेत प्रहरीले पुष्टि गरेको हो ।

मृतकको शव छिन्चु प्रहरीले मध्यपशिचम क्षेत्रिय अस्पतालमा बुझाएको थियो । भण्डरीको पोष्टमाटम गरी आफन्तले बुझेर अन्त्येष्टि गरेको प्रहरीको भनाई छ ।