☰ open Loading... 17 July 2024|  

दिप प्रज्वलन
  | १७ चैत्र २०७३, बिहीबार २०:२५

सुर्खेत ।  अन्तराष्ट्रिय फौजदारी अदालतको रोम विद्यान तत्काल अनुमोदन गर्न दवाव स्वरुप शान्ति दीप प्रज्वलन कार्यक्रम गरिएको छ । मानव अधिकार तथा शान्ति समाज शाखा सुर्खेतको आयोजनामा वीरेन्द्रनगर चोकमा विहिवार दिप प्रज्वलन कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बोल्दै मानव अधिकार समाजका केन्द्रि सचिव देवेन्द्र सेजुवालले द्वण्द्वका समयमा पिडित भएकाहरुले न्याय पाउने एउटा मात्र आधार भनेको फौजदारी अदालतको रोम विद्यान तत्काल अनुमोदन गर्नु भएको बताए । पटक पटक सरकारसंग फौजदारी अदालतको रोम विद्यान तत्काल अनुमोदनको माग गर्दै आए पनि सरकारले अटेर गरिरहेको उनको भनाई थियो ।

त्यस्तै मानव अधिकार समाजका सभापति पुष्पा मल्लले द्वण्द्वका समयमा पिडा दिने पिडकहरु खुलेआम हिडीरहदा पनि सरकारले कानुनको दायरामा ल्याउन नसको बताइन् । उनले पिडकलाई सजाय दिन सके मात्र पिडितहरुले न्याय पाउने बताइन् ।

कार्यक्रममा मानव अधिकार समाजका आजिवन सदस्य यामबहादुर श्रेष्ठ, समाजका संस्थापक सभापति हरीलाल खड्का, समाजका संस्थापक सभापति एंव पूर्व केन्द्रिय सदस्य गोविन्द कोइराला, दीप प्रज्वलन कार्यक्रमका संयोजक कविता खड्का लगायतको सहभागिता थियो ।