☰ open Loading... 20 April 2024|  

घरमा अागाे लाग्दा जलेर मृत्यु
  | १८ बैशाख २०७४, सोमबार १४:०४

दाङ । दाङको दूधरासमा एउटा घरमा आगो लाग्दा एकजना महिलाको जलेर मृत्यु भएको छ ।  तुलसीपुर उपमहानगरपालिका–१८ दूधरासको मनिकापुरस्थित बुद्धिबल गुरुङको घरमा आगो लाग्दा उनकी ६५ वर्षीया श्रीमती दिलमाया गुरुङको जलेर मृत्यु भएको दाङका प्रहरी प्रमुख एसपी धीरजप्रताप सिंहले जानकारी दिए ।

प्रहरीका अनुसार एकाएक घरमा आगो लागेपछि घरभित्र रहेकी दिलमाया गुरुङभित्रै थुनिएकाले उनको जलेर मृत्यु भएको हो । साेमबार बिहान १० बजेतिर खाना पकाउँदै गर्दा ग्यास सिलिन्डर चुहावट भएकाले त्यसैबाट घरमा आगो लागेको स्थानीय विवेक वलीले जानकारी दिए ।

वलीका अनुसार ग्यासमा आगो सल्किएपछि घरभित्र कोही प्रवेश गर्न सक्ने अवस्था रहेन र उनको त्यही जलेर मृत्यु भएको हो । आगोले घरभित्रका सम्पूर्ण सामग्री जलेर नष्ट भएको प्रहरीले जानएको छ ।