☰ open Loading... 14 April 2021|   बुधबार, बैशाख १, २०७८

मनोनयन दर्तामा दलहरुको शक्ति प्रदर्शन
  |

सुर्खेत । सुर्खेतका सवै स्थानीय तहमा उम्मेदवार दर्ता गरिएको छ । जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका १७ राजनीतिक दल र दुई जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन् । ९ वटा स्थानीय तह रहेको सुर्खेतमा शान्तिपूर्ण रुपमा उम्मेदवारी (मनोनयन दर्ता) भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अधिकृत कैलाशप्रसाद सुवेदीले जानकारी दिए । उनका अनुसार आज साँझ ७ बजेसम्म कुन–कुन दलले मनोनय दर्ता गर्ने विवरण आइपुग्नेछ ।


निकै चासोका साथ हेरिएको वीरेन्द्रनगर नगरपालिकामा प्रुमख तीन दलले शक्ति प्रदर्शन गरेर मनोनय दर्ता गरेका छन् । वीरेन्द्रनगरको मंगलगढी चौकबाट तीनै दलले बाजासहितको ¥याली निकालेर मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनय दर्ता गरेका थिए ।

वीरेन्द्रनगरको मेयरमा उम्मेदवार नेपाली काँग्रेसका देवकुमार सुवेदी, उपमेयरमा जानकी सिंह, नेकपा एमालेबाट मेयरमा बालाराम शर्मा उपमेयरमा मोहनमाया ढकाल र नेकपा माओवादी केन्द्रबाट मेयरमा रत्नबहादुर गाहा र उपमेयरमा हरिमाया शर्माले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ईश्वर श्रेष्ठ, उपमेयरमा टिका योगी, नेमकिपाबाट मेयरमा शेरबहादुर शाही, उपमेयरमा विजुकला राना र नेकपा माओवादी वैद्यबाट मयेरमा खडानन्द लामिछाने, समाजवादी जनता पार्टीबाट मेयरमा मनिराम शर्मा र उपमेयरमा गोमा सुनारले पनि उम्मेदवार दर्ता गराएका छन् ।

तर वीरेन्द्रनगर नगरपालिकाको मयेर र उपमेयरमा स्वतन्त्र रुपमा गेहेन्द्रप्रसाद दाहाल र उपमेयरमा भेजप्रसाद चपाईँले समेत उम्मेदवारी दर्ता गराएका छन् ।

जिल्लाका अन्य स्थानीय तहहरुमा पनि दलहरुले मनोनय दर्ता गराएको निर्वाचन कार्यालयले जानकारी दिएको छ । तर सवै दलहरुको हालसम्म नामावली भने आएको छैन् ।


प्रकाशित मितिः मङ्लबार, बैशाख १९, २०७४     6:34:11 PM