☰ open Loading... 19 April 2024|  

एन्फा लिग फुटबलमा शिद्धपाइलाले बड्डीचौरलाई हरायो
  | १९ बैशाख २०७४, मंगलवार १९:३१

सुर्खेत । जिल्ला लिग फुटबल प्रतियोगिताको चौथो दिन छैठौं र सातौं गरी दुई खेलहरु भएका छन् । दिउँसो भएको दोश्रो खेलमा शिद्धपाइलाले लखन युवा क्लव बड्डीचौरमाथि संघर्षपूर्ण १ शून्यको जितसहित ३ अंक हात पारेको छ ।

निकै प्रतिष्पर्धात्मक खेलमा गोल निकाल्न दुबै टोलीले कठिन संघर्ष गरेपनि शिद्धपाइलाका अर्जुन शाहीले दोश्रो हाफको पनि ४१ औं मिनेटमा गरेको एकमात्र गोल निर्णायक सावित भयो । दाहिने कर्नरबाट पाएको कर्नर प्रहारलाई मध्यम कदका शाहीले आकर्षक हेडरमार्फत जाली चुमाउँदै टोलीलाई पहिलो जीतसंगै महत्वपूर्ण ३ अंक दिलाए ।

खेलमा शिद्धपाइलाका गोलरक्षक कमल शाही र दिनेश सोमै तथा लखनका प्रकाश थापाले पहेंलो कार्डको सामना गर्नुपर्यो । यसअघि विहान भएको छैठौं खेल गोलरहित बराबरीमा टूँगिएको छ ।

ब्वायज यूनीयन र जीअलले गोलरहित खेल्दै एक एक अंक बांडेका हुन । वैशाख १६ गते देखि सुरु भएको प्रतियोगितामा यो नै पहिलो ड्र हो ।
यसअघि शीरमोर, न्यू जेनरेशन, कालीमाटी, कांक्रेविहार र ए.बी.सी.ले आ आफ्नो खेल जित्दै तीन तीन अंकसहित खाता खोली सकेका छन ।