☰ open Loading... 20 April 2024|  

सल्यानमा सात दलले गरे उम्मेदवारी दर्ता
  | १९ बैशाख २०७४, मंगलवार २०:००

सल्यानमा चुनावी माहोल बढेको छ । चुवाब हुन्छ कि हुदैँन भन्ने दोधारमा रहेको बेलामा आज उम्मेदवारी दर्ता भएपछि माहोल बढेको हो । जिल्लामा दलहरुले बाजागाजा र ¥याली सहित विभिन्न स्थानीय निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गरेका छन् । आ–आफ्नो पक्षमा नतिजा आउने दाबी गरेका ती दलहरुले उल्लेख्यमा मात्रामा कार्यकर्ताहरुको माझमा उम्मेदवारी दर्ता गरेका हुन ।


चुनावी माहोल जिल्लाका सबै स्थानिय तहमा देखिएको छ । जिल्लामा क्रियासलि बिभिन्न दलहरुले आज नै उम्मेदवारी दर्ता गरेका छन् । जिल्लामा रहेका नेपाली काँगे्रस, नेकपा एमाले, नेकपा माओबादी केन्द्र, राप्रपा, नेकपा माले, नयाँ शक्ति, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले उम्मेदवारी दर्ता गरेको स्थानिय निर्बाचन अधिकृतको कार्यालयहरुले जनाएका छन् ।

जिल्लामा ३ नगरपालीका र ७ गाउपालिका रहेका छन् । ती स्थानिय तहमा एकै साथ बैशाख ३१ गते स्थानिय निर्बाचन हुदैँ छ । जिल्ला प्रहरी कार्यालय सल्यानले दिएको जानकारी अनुसार जिल्लाका १० वटै स्थानिय तहमा उम्मेदवारी दर्ता कार्य शान्ती पूर्ण तरीकाले सम्पन्न भएको छ ।

जिल्लाका १० स्थानीय तहमा एउटा पदमा मात्र महिला उम्मेदवारी परेको छ । कुमाख मालिका गाउपालिकाबाट माओवादी केन्द्रबाट दिलमाया वि.एमले उम्मेदवारी दिनुभएको छ । उम्मेदवारी दिने समय मंगलवार वेलुका ५ वजे सम्मको समय सम्म भएपनि दर्ता परिसर भित्र प्रवेश गरेका उम्मदवारहरुको दर्ता गर्ने कार्य भइरहेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । स्थानीय निर्वाचनका लागि सल्यानमा १५ वटा राजनितिक दलहरु जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका थिए ।
नेपाली काँग्रेस
नेपाली काग्रेस सल्यानले शारदा नगरपालिकामा मेयरको उम्मेदवारमा पुर्व जिल्ला विकास समिति सल्यानका कार्यक्रम अधिकृत सुरेश अधिकारीले र उप मेयरमा सावित्रा वस्नेतले उम्मदवारी दर्ता गराउनुभएको छ । यस्तै वागचौर नगरपालिकाबाट गोरख केसी मेयरमा र उप मेयरमा मेनका चन्द ले उम्मदवारी दिनुभएको छ । यता कुपिण्डेवनगाड नगरपालिकाबाट मेयरको उम्मेदवार खाली रहेको छ भने उपमेयरमा दिपेन्द्र बिष्टले उम्मेदवारी दिनुभएको छ ।

यस्तै गाउपालिका तर्फ ढोरचौर गाउपालीका अध्यक्षमा नरविर चलाउने र उपाध्यक्षमा विमला रेउले, कुमाख मालिका गाउपालिकाबाट अध्यक्षमा विवेकसिंह राठौर र उपाध्यक्षमा उर्मिला राणाले उम्मदेवारी दिनुभएको छ । यसैगरी दार्मा गाउपालिकाबाट अध्यक्षमा रामचन्द्र केसी र र उपाध्यक्षमा खाली रहेको छ । यस्तै कालीमाटी गाउ पालिकाबाट अध्यक्षमा भरत पुन र उपाध्यक्षमा कमला अधिकारी, छत्रेश्वरी गाउपालिकाबाट अध्यक्षमा सन्तोष केसी र उपाध्यक्षमा सिता केसीले उम्मेदवारी दिनुभएको छ । यस्तै कपुरकोट गाउपालिका बाट अध्यक्षमा दुर्गा गिरी र ओकी वोहरा उपाध्यक्षमा उम्मेदवारी दिनुभएको छ भने त्रिवेणी गाउपालिकाबाट अध्यक्षमा मान वहादुर डाँगी र उपाध्यक्षमा करुणा खड्काले उम्मेदवारी दिनुभएको छ ।
नेकपा एमाले
नेकपा एमालेबाट शारदा नगरपालिकामा मेयरमा राम कुमार खड्की र उप मेयरमा सरिता हमालले उम्मेदवारी दिनुभएको छ । यस्तै वागचौर नगरपालिकाबाट मेयरमा लोक वहादुर डाँगी र उप मेयरमा ओका देवी केसीले उम्मदेवारी दर्ता गराउनु भएको छ । यस्तै कुपिण्डे वनगाड नगरपालिकाबाट मेयरमा गोविन्द पुन र उप मेयरमा नेपाली काग्रेसका दिपेन्द्र विष्ट उम्मेदवारी दर्ता गराउनु भएको छ । कुपिण्डे वनगाड नगरपालिकामा एमाले र काग्रेस वीच तालमेल भएको छ ।

यसै गरी कपुरकोट गाउपालिका अध्यक्षमा भिम वहादुर सेन र उपाध्यक्षमा तिलावुढाले उम्मेदवारी दिनुभएको छ । त्रिवेणी गाउपालिकाबाट अध्यक्षमा लोकेन्द्र सिंह खडका र उपाध्यक्षमा पवित्रा केसीले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै छत्रेश्वरी नगरपालिकाबाट अध्यक्षमा ओज वहादुर वुढाथोकी र उपाध्यक्षमा वुद्धा केसी, ढोरचौर गाउपालिकाबाट अध्यक्षमा चित्र वहादुर चलाउने र उपाध्यक्षमा पुष्पा वोहराले उम्मेदवारी दिनुभएको छ ।

यसैगरी कालीमाटी गाउपालिकाबाट अध्यक्षमा दान वहादुर केसी र उपाध्यक्षमा सहनशिलता ओली, कुमाख गाउपालिकाबाट अध्यक्षमा भैरव वहादुर शाह र उपाध्यक्षमा शान्ति चन्दले उम्मेदवारी दिनुभएको छ । यस्तै दार्मा गाउपालिकाबाट उपाध्यक्षमा दल वहादुर केसीले उम्मेदवारी दिनुभएको छ । दार्मा गाउपालिका काग्रेसलाई अध्यक्ष र उपाध्यक्षमा एमाललेलाई सहमती भएको छ ।
नेकपा माओवादी केन्द्र
माओवादी केन्द्रबाट शारदा नगरपालिकाको मेयरमा प्रमोद श्रेष्ठ र उप मेयरमा झरणा वुढाथोकी, वागचौर नगरपालिकाको मेयरमा लोकमान वुढाथोकी र उप मेयरमा कल्पना पुनले उम्मेदवारी दर्ता गराउनु भएको छ । यसैगरी वनगाड कुपिण्डे नगरपालिकाबाट मेयरमा कर्ण वहादुर वुढाथोकी र उप मेयरमा मञ्जु यरीले उम्मेदवारी दिनुभएको छ ।

यस्तै गरी दार्मागाउपालिकाबाट अध्यक्षमा निम वहादुर केसी, उपाध्यक्षमा टिका वली, छत्रेश्वरी गाउपालिकाबाट चित्र वहादुर केसी अध्यक्ष र उपाध्यक्षमा राधा शर्माले उम्मेदवारी दिनुभएको छ । यसैगरी त्रिवेणी गाउपालिकाबाट अध्यक्षमा अजय रोका, उपाध्यक्षमा लिलावती वुढा, कपुरकोट गाउपालिकाबाट प्रकाश भण्डारी अध्यक्षमा र उपाध्यक्षमा एलिना रानाले उम्मेदवारी दिनुभएको छ । ढोरचौर गाउपालिकाबाट अध्यक्षमा नरविर चलाउने र उपाध्यक्षमा भुमि वुढाथोकी, कालीमाटी गाउपालिकाबाट अध्यक्षमा पुरुषोत्तम भटराई र उपाध्यक्षमा प्रिति डिसी र कुमाख गाउपालिकाबाट अध्यक्षमा दिलमाया वि.एम. र उपाध्यक्षमा डिल्लीराज जैशीले उम्मेदवारी दिनुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी
राष्टिय प्रजातन्त्र पार्टीबाट शारदा नगरपालिकामा मेयरमा मनोज प्रधानले उम्मेदवारी दिनु भएको छ भने उप मेयरमा खाली रहेको छ । यस्तै वागचौर नगरपालिकाको मेयरमा टोप वहादुर केसीले उम्मेदवारी दिनुभएको छ ।
नेकपा माले
शारदा नगरपालिकामा मेयरमा टेक बहादुर केसी र उपमेयरमा यमुना चनाराले उम्मेदवारी दिनु भएको छ ।
नयाँ शक्ति
शारदा नगरपालिकाको उपमेयरमा सुमन कुमार बिश्वकर्माले उम्मेदवारी दिनु भएको छ ।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिक
बागचौर नगरपालिकामा मेयरमा शशि सुनार र उपमेयरमा पबित्रा बुढाथोकीले उम्मेदवारी दिनु भएको छ ।