☰ open Loading... 14 April 2021|   बुधबार, बैशाख १, २०७८

चुनाव विथोल्न खोज्ने विप्लव माओवादीका सात कार्यकर्ता पक्राउ
  |

दैलेख । चुनाव विरोधी योजना बनाउन बैठक बसीरहेको बेला ७ जनालाई विशेष सुराकीको आधारमा प्रहरीले पक्राउ गरेको छ । विप्लव माओवादीका दैलेख जिल्ला सेक्रेटरी सहित ७ जनालाई प्रहरीले आठविस नगरपालिकास्थित डावबाट पक्राउ गरेको हो ।

प्रहरी श्रोतका अनुसार चुनाव विथोल्ने योजना बनाईरहेको खवर पाएसंगै प्रहरी बैठकस्थल घेरा हालेर पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्ला सेक्रेटरी कलम विक सहित ७ जना रहेका छन् । अन्य ६ जनाको नाम खुलाईएको छैन् । प्रहरी पक्राउ लगत्तै उनीहरुलाई सदरमुकाम ल्याउन तयारी गरिहेको जनाईएको छ । जिल्ला प्रहरी कार्यालयले पक्राउबारे सार्वजनिक गरेको छैन् ।

निर्वाचन सुरक्षाका लागि प्रहरीले विरोधीहरुको गतिविधिहरु नियालिरहेको छ । सवै मतदान केन्द्र र आसपास उच्च सुरक्षा सर्तकता अपनाईएको प्रमुख जिल्ला अधिकारी जिवनप्रसाद दुलालले बताए ।

प्रकाशित मितिः मङ्लबार, बैशाख १९, २०७४     8:26:02 PM