☰ open Loading... 19 April 2024|  

विप्लव जुम्ला जिल्ला इन्चार्ज तिरुवा पक्राउ
  | २० बैशाख २०७४, बुधबार ०९:३६

जुम्ला । निर्वाचनलाई असर पर्न सक्ने भन्दै जिल्ला प्रहरी कार्यालय जुम्लाले नेत्र विक्रम चन्द नेतृत्व नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई नियन्त्रणमा लिएको छ । प्रहरीले सदरमुकाम खलंगाबाट कर्णाली व्युरो सदस्य तथा जिल्ला इन्चार्ज चन्द्रवीर तिरुवा (रविकिरण) लाई नियन्त्रणमा लिएको हो ।

नेकपाका जिल्ला सेक्रेटरी विर्खबहादुर शाहीले सदरमुकाम खलंगा डेरामा बस्दै आएका तिरुवालाई प्रहरीले तानाशाही शैली अपनाएर पक्राउ गरेको बताए । विप्लव समूहले स्थानीय तहको निर्वाचन आवश्यक छैन र जनमुखि निर्वाचन नभएको भन्दै आफुहरुले विरोध गर्दै आईरहेको पनि सेक्रेटरी शाहीको भनाई छ ।

निर्वाचन शिक्षा कार्यकर्ताहरुले भने विप्लव समुहका कार्यकर्ताले निर्वाचन प्रचारप्रसार सामाग्री च्यातेर स्थानीय तहको चुनाव बहिष्कार लेखेका पम्पप्लेट टाँस्ने गरेका छन् । प्रहरी नायव उपरिक्षक गुरुविष्णु काफ्लेले स्थानीय तहको निर्वाचन विरोध गर्दै आईरहेका विप्लव समूहका जिल्ला इन्र्चाज रविकिरण तिरुवालाई सदरमुकामबाट नियन्त्रणमा लिएको पुष्टी गरे ।