☰ open Loading... 18 April 2024|  

निर्वाचनका लागि वैशाख २५ देखि विद्यालय बन्द हुने 
  | २० बैशाख २०७४, बुधबार २२:५१

काठमाडौ । निर्वाचन आयोगले वैशाख ३१ गते हुने प्रदेश नं ३, ४ र ६ का सम्पूर्ण शैक्षिक संस्थाहरु बैशाख २५ देखि ३१ गतेसम्म बन्द गर्न सरकारलाई निर्देशन दिएको छ ।

पहिलो चरणको निर्वाचनलाई ध्यान दिँदै आयोगले तीन प्रदेशमा विद्यालय बन्द गर्न विज्ञप्ती मार्फत निर्देशन दिएको हो । आयोगले बैशाख ३१ गते आइतबारका दिन सार्वजनिक विदा दिन आग्रह गरेको छ ।

वैशाख ३१ को चुनावका लागि मतदान स्थलका रुपमा प्रयोग गरिने विद्यालय, सरकारी कार्यालयहरु, स्वास्थ्य चौकी आदि वैशाख २५ गतेभित्रै हस्तान्तरण गरिसक्न पनि आयोगले आग्रह गरेको छ ।