☰ open Loading... 3 December 2024|  

आमा भिरबाट खसिन्, बाबु भारतमा बेपत्ता, बालकको विचल्ली
  | २ असार २०७४, शुक्रबार १५:४८

सुर्खेत । सुन्दा अपत्तारिलो लाग्ला । तर घटना सत्य हो । कालिकोट नरहरिनाथ गाउँपालिका–२ का ८ वर्षीय वालक सिद्ध दर्जी आमावुवाविहन छन् । जन्मदै दुवै हात नभएका सिद्ध खुट्टाले लेखेरै गाउमै कक्षा दुईमा पढ्छन् । तीन वर्ष अघि संसार देखाउने आमा जंगलमा घाँस काट्न गएको बेला भिरबाट खसेर मृत्यु भयो ।

उनका बुवाले दुई वर्ष अघि कान्छी श्रीमती विवाह गरेर भारत हानिए । तर उनको अहिलेसम्म अत्तोपत्तो छैन् । गाउँमा काका महासिंगे दर्जीको संरक्षणमा हुर्कदै छन् । ‘पढेर झमक दिदी जस्तै बन्नुछ’ गाउँ पुगेका व्यक्तिहरुसंग सिद्ध प्रश्न गर्छन–‘गाउँमा अभाव र समस्यै–समस्या छ, कसैले बढाइ दिन्थेकी ?’

गाउँकै रुपादेवी प्राविमा अध्ययनरत सिद्ध पढाइमा राम्रै भएको स्थानीयले बताए । सिद्धका काका महासिंगेले आर्थिक अभावले पढाइमा समस्या भएको बताए । ‘जन्मदै हात छैनन्, पढाईमा राम्रै छन्’ महासिंगेले भने,–‘कुनै संस्था वा व्यक्तिले यसको संरक्षण गरिदिएको भए राम्रो हुन्थ्यो, गाउँमा भनेजस्तो पढाइ हुँदैन् ।’