☰ open Loading... 20 April 2024|  

जुम्ला जिससमा काँग्रेस माओवादी गठबन्धन निर्विरोध
  | १७ श्रावण २०७४, मंगलवार १८:४८

सागर परियार : जुम्ला । जिल्ला समन्वय समितिको जुम्लाको प्रमुखमा माओबादि केन्द्रका केन्द्रिय सदस्य लाल बहादुर सार्की निर्विरोध निर्वाचित भएका छन । काँग्रेस माओबादि गठबन्धका कारण एमालेले उम्मेवार दर्ता नगरेपछि सार्की सभापतिमा निर्विरोध निर्वाचित भएका छन् । काँग्रेसका पाटी सचिव कार्मा बुढा उपसभापतिमा विजयी भएका छन । यता नेकपा एमालेले प्रस्तावक र समर्थक नपाउँदा उम्मेदवारी दर्ता गर्न सकेन ।

सबै पदहरुमा एकल उम्मेदवार परेकाले औपचारिक घोषण बुधबार हुने निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ । माओवादी केन्द जुम्लाले अध्यक्षसहित ६ जना सदस्य र कांग्रेसले उपाध्यक्षसहित ३ जना सदस्य पाउने गरी गठबन्धन गरिएको हो ।

यस्तै सदस्यमा माओवादी केन्द्रका तर्फबाट कर्णबहादुर खत्री, नरेन्द्र कठायत, महिला सदस्यमा कल्पना दमाई, हिमाली नेपाली र दलित तथा अल्पसंख्यकका तर्फवाट नरबहादुर घर्तिको उम्मेदारी दर्ता भएको छ ।

भने नेपाली कांग्रेसका तर्फबाट उपाध्यक्ष कार्मा वुढा, सदस्यमा जयराज भारती र महिला सदस्यमा पुस्पा कडौराले उम्मेदवारी दिएका हुन । जुम्लाका आठ वटा स्थानीय तहमा माओवादीको ८, कांग्रेसको ६ र नेकपा एमालेको दुई जना मतदाता थिए ।

स्थानीय तहको निर्वाचन सकिएको ३५ दिनभित्र जिल्ला समन्वय समितिको चुनाव गर्नुपर्ने भए पनि दोस्रो चरणको निर्वाचनका कारण यहाँको चुनाव हुन सकेको थिएन ।