☰ open Loading... 12 February 2025|  

अग्नीपीडितलाई सहयोग
  | ४ आश्विन २०७४, बुधबार १८:२१

आर्थिक अभावमा खुला चौरमा रात काट्दै आएका बराहताल गाउँपालिका–८ भट्टेघारीका तीन वटा घरधुरीलाई सुर्खेत–कोरिया सम्पर्क समितिले जस्तापाता सहयोग गरेको छ । समितिले भट्टेघारीका एक सय ३० परिवारलाई शुद्ध पिउने पानीका लागि एक–एक फिल्टर पनि प्रदान गरेको छ ।

दक्षिण कोरियामा रोजगारीका लागि गएका नेपालीहरुबाट संकलन गरिएको दुई लाख २८ हजार रुपियाँबाट जस्तापाता किन्न सक्ने आर्थिक क्षमता नभएका तीन जनाको परिवारलाई जस्तापाता र अरु सबै घरधूरीका लागि फिल्टर प्रदान गरिएको सुर्खेत–कोरिया सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष लक्ष्मीनारायण बस्नेतले जानकारी दिए ।

‘आगलागीका कारण भट्टेघारीका बासिन्दा खुलाचौरमा आफ्नो दैनिकी गुजारी रहेको खवर सुनेपछि हामीले दक्षिण कोरियामा सहयोग संकलन गरेका थियौं’ अध्यक्ष बस्नेतले भने, ‘रोजगारीका लागि कोरियामा रहेका नेपालीहरुबाट संकलन भएको दुई लाख २८ हजार रुपियाँबाट जस्तापाता र फिल्टर वितरण गरेका हौं ।’ उनले आगामी दिनहरुमा पनि भट्टेघारीका अग्नीपीडितहरुका लागि सहयोग जारी राख्ने बताए । जस्तापाता एवम् फिल्टर वितरण कार्यक्रममा समितिका पूर्व अध्यक्ष लक्ष्मीप्राद ढकाल, विकास मल्ललगायतको पनि सहभागीता रहेको थियो ।