☰ open Loading... 20 April 2024|  

राष्ट्रलाई बचाउने जिम्मा युवाको : राणा
  | ५ आश्विन २०७४, बिहीबार २१:२६

राष्ट्रलाई बचाउने जिम्मा युवाको काँधमा आएको राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवल शमशेर राणाले बताएका छन् । बिहिबार वीरेन्द्रनगरमा राष्ट्रिय प्रजातन्त्र पार्टी सुर्खेतले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममाउ उनले यस्तो बताएका हुन ।

मुलुकलाई आर्थिक समृद्ध बनाई मुख्य जिम्मेवारी युवाँको काँधमा थपिएको उनको भनाई छ । जनमत संग्रह गराएरै भएपनि हिन्दुराष्ट्र कायम गरेर नेपाललाई हिन्दु राष्ट्र घोषणा गरेरै छोड्ने महामन्त्री राणाले दावी गरे । विदेशीको रिमोडबाट चलेका नेपालका ठुल दलहरुले सनातनदेखि चल्दै आएको हिन्दु धर्मलाई संकटमा पार्न खोजेको आरोप लगाए । डा.राणाले केहि महिना पछि निश्चित रुपमा हिन्दुराष्ट्रको नारा लिएर कडा आन्दोलनमा गर्ने चेतावनी दिए । डा. राणाले आफनो पार्टिले उठाएको राष्ट्रवादी मुल्य , मान्यता र एजेण्डालाई विदेशी माफियाहरले धस्त पार्न खोजिरहेको तर्फ संकेत गर्दै सम्पुर्ण राष्ट्रवादी शक्ति एक हुनुपर्ने जोड दिए ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य तथा प्रदेश नं ६ का सह–संयोजक मुकुन्दश्याम गिरीले यो देशको राष्ट्रबादि शक्ति आफनो पार्टि मात्रै भएको उल्लेख गर्दै जनतालाई आफुहरुका एजेण्डा बुझाउनु पर्ने बताए ।

यसैबिच राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनको जिल्ला भेला सम्पन्न गरेको छ । भेलाले राजन गिरीको संयोजत्वमा २३ सदस्यीय युवक संगठन विस्तार गरेको छ । जसको स–संयोजकमा सुरज बिक र मनिस गहतराज सचिवमा राजन शाही , सह–सचीवमा सोनु कार्की र कोषाध्यक्ष निर्मल भेदीलाई चयन गरिएको छ ।

यसैगरी राष्ट्रिय युवा मोर्चाको जिल्ला कार्य समिति गठन गरेको छ । लोकबहादुर रोकायको संयोजकमा २७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । जसको सह–संयोजकमा निराजन बुढा , अर्जुन बुढा र सुशील भरती चयन भएका छ्न । त्यसैगरीयुवा मोर्चाको सचिव सौरभ शिह,सह–सचीव मा नगेद्र थापा,कोषाध्यक्षमा सुशील खत्री चयन भएका छ्न ।