☰ open Loading... 19 April 2024|  

जाजरकोटलाई सिंहदरवारले चिन्ने वनाउने अवसर
  | ६ आश्विन २०७४, शुक्रबार १०:३०

हिजो जनयूद्ध चलिरहदा जाजरकोट नाम लिन वितिकै तत्कालिन राज्य सत्ताले आतंककारी को सुचीमा यहाँको माटो र जनता लिने गर्दथ्यो । अनेक दुख ,पिडा अनि वेदना संग जुझदा ,जुझदै यहाँका नागरिक हरुले तेतिवेला आतंककारीकै पगरी गुथाएर राज्यले जाजरकोटलाई विश्ववजारमा नाम विक्री गरेको थियो । त्यो नेपालको नाम थाह नपाउँनेले जाजरकोटको जुनी र यहाँका दर्जनौ वस्ती थाह पाउने गर्दथ्यो । त्यही जुनी र यहाँका सयौँ सहिदको वलिदानी र हजारौ अपाग ,अशक्त हरुको त्याग तपस्य ले देशमा ठुलै राजनीतिक परिर्वतन आयो तर जाजरकोटलाई हेर्ने दृष्टिकोण राज्यले वदलेन ।

 

यहाँका वस्ती र मनहरुको रगतवाट वदलिएको व्यवस्थाले यहाँका नागरिकको भावना वुझन सकेन मात्र देख्यो परिवर्तनकारी जनताको मनलाई माओवादी मात्र ? एउटा परिवर्तनको एजेण्डा जन्माउने र विश्न हल्लाउने विचारको प्रतिपादक जाजरकोटका जनतालाई अहिले केही हेर्ने दृष्टिकोण वदल्न वाध्य भएको हो कि भन्ने केही आभास भएको छ ।

अनेक यूद्ध भएपनि राज्यका नीति निर्माण तहमा जाजरकोटको प्रतिनिधीत्व नहुँनु नै ठुलो समस्या रहेको यहाँका जनताले अडकल लगाए । दोस्रो संविधान सभाको चुनाव वाट एउटा सामान्य , निम्न वर्गको प्रतिनिधित्य गर्ने शक्तिवहादुर वस्नेतलाई अमुल्य भोट दिएर सिंहदरवारको अधिकार गाउँमा ल्याउन पठाए । दोस्रो संविधान सभा र पहिलो संविधान सभाको फिउज्नवाट नयाँ संविधान लेख्ने महत्वुपर्ण अवसर जाजरकोटले पनि पायो । देशको गृहमन्त्री सम्मको पदमा जाजरकाटकै निम्न वर्गको प्रतिनिधीत्व गर्ने र यहाँको भुगोललाई चिनेको शक्तिवहादुर वस्नेतले अनेक लडाईका विचमा त्यो महत्वपुर्ण पदमा मात्र पुगेन्न , संविधान लेख्ने महत्वपुर्ण जिम्मेवारी पनि पुरा गरे ।

गृहमन्त्री भएपनि उनलाई जसरी जाजरकोटलाई राज्यले हेर्न नमिठो दृष्टिकोण छ ,त्यो वाट शक्तिवहादुर वस्नेतलाई हेर्ने आखा फरक भएन्न । नेपाल प्रहरी र शसस्त्र प्रहरी भित्रको विवाद होस वा भारतिय नाँका वन्दीमा पनि कुशलता पुर्वक काम गरि देखाएको न नेपाली मिडियाले देखे न त स्वायम माओवादी भित्रका केही आफुलाई अव्वल ठान्नेले देखे ।

विपक्षको कामै विरोध गर्नु थियो विरोध गरे त्यो अनौठो पनि मान्नु भएन । कहिलै विवादमा नआउने वस्नेत कम वोल्ने तर काम गरेर देखाउने नेताको रुपमा आफ्नो छुटै पहिचान भएका पर्दछन् । उनले नाँका वन्दीको वेलामा नै जाजरकोट आउने ३३ केभीको केन्द्रिय विद्युत लाईन जाजरकोट पुर्याउन उल्लेख्य काम गरे । १३ वर्ष देखि निर्माण हुँन नसकेको राकम सल्ली विचको भेरी नदिको पुल निर्माणमा तोकेता गरि निर्माण कार्य सम्पन्न गरि जाजरकोट,रुकुम, सल्यान, र सुर्खेतका जनताका साथै डोल्पा जिल्लालाई सडक सञ्जाल संग जोड्का लागि महत्वपुर्ण कार्यको सुरुवात गरे । शान्ति सुरक्षा र विपतमा उद्धार कार्यमा जाजरकोटमा देखिएको समस्यालाई हल गर्न शसस्त्र प्रहरी वलको जाजरकोटमा स्थापना गरे ।

यो क्याम्प स्थापना संगै जिल्लामा विभिन्न मितिमा भएका ठुला ठुला घटनामा उद्धार कार्य देखि शान्ति सुरक्षा , चोरी पैठारी नियन्त्रणमा सहयोग पुगेको छ । घर कहाँ भन्दा जाजरकोट भन्न वितिकै झाडापखालाको जिल्ला भनेर चिनिने गरेकोमा गृहमन्त्रीको जिल्ला भनेर नाम परिवर्तन हुँन पुग्यो । नेपाल प्रहरी भित्र दवावमा काम गर्ने र गराउने शैलिको अन्त्य गदै सवैको साझा कुरा राख्न पाउने र विभेदको अन्त्यको लागि एक संस्कारको विकास उनै शक्तिको पालामा भएको थियो । कम वोल्ने महत्वपुर्ण योजना वनाउने कार्यमा खपिस मानिएका शक्ति अहिले केन्द्रिय राजनीतिको वरीपरी रहेका छन् । सिंहदरवारले राम्रो संग चिन्ने भएको छ शक्ति वस्नेतकै कारण जाजरकोटलाई ।

हजारौ यहाँका कर्मचारीले उनै शक्ती वस्नेतकै कारणले दुर्गममा जाजरकोटले नाम लेखाउदै तलव, भत्ता वृद्धी भएको वुझदै आएका छन् । लोकसेवा आयोग र शिक्षक सेवा आयोगमा समेत यहि कोटा वाट सयौले नाम निकाल्दै सरकारी सेवा प्रवेशमा सहयोग पुगेको छ । जाजरकोट हुँदै जुम्ला जोड्ने सडक होस या मध्यपहाडी लोकमार्ग अनि जाजरकोट डोल्पा सडकको कुरा किन नहोस ? जिल्लाका आन्तरिक सडक निर्माण र पर्याप्त वजेटको कुरा सम्म सिंहदरवारमा शक्ति वस्नेकै पहुँचले आएको हो भन्ने कुरा सजिलै नभुल्यौ ।

उनी शक्तिलाई फेरी जाजरकोटवाट माओवादी केन्द्रले उम्मेदवार वनाएको छ । ईतिहासको यो काल खण्डमा फेरी यहाँका जनताले शक्ति वस्नेतलाई अमुल्य मतदान गरि फेरी जाजरकोटलाई चिनाउने अवसर गुमाउनु भनेको ठुलो दुभाग्य निमत्यउनु हो । यहाँ दल भन्दा माथी उठेर केन्द्रको भाग जाजरकोटका लागि खोस्न जाँने क्षमता भएका शक्ति माथेल्लो निकायमा पुगेका एक्ला व्यक्ति हुँन । विपक्षी दलका कार्यक्रता देखि नेताहरु कसैलाई केही भन्नु परर्यो भने उनै शक्तिलाई भेट्न जाने गरेका छन् ।

समग्रमा जाजरकोटको राजनैतिक आन्दोलन माओवादी आन्दोलनले स्थापित गरेको हो । जाजरकोटमा अहिले यस्ता व्यक्तिहरु चुनावमा होमिएका छन् ,जुन व्यक्ति देशलाई चाहिने भिजन भएका छन् । जनताको अमुल्य मत लिएर सिंहदरवार को अधिकार जाजरकोटमा ल्याउनका लागि अन्तराष्ट्रि स्तरमा ख्यति प्राप्त व्यक्ति नरवहादुर कार्की , जसले जीवन जीउन मात्र होईन सकरात्मक सोच निर्माण गरि समाज परिवर्तन गर्न मसला प्रदान गदै आएका छन् । उनै व्यक्ति कार्की जाजरकोट क्षेत्र नं २ वाट प्रदेश सभाका लागि उम्मेदवार भएका छन् । अर्का व्यक्ति हुँन गणेसप्रसाद सिंह , उनले जीवन भरी लाभको पद कहिले पनि लिएन्न ।

शिक्षण पेशा त्यागेर राजनीतिमा होमिएका सिंह जीवन भरी जनताको लागि लडे र जनताकै लागि मर्ने उद्घोषमा छन् । माओवादी जनयूद्धमा कयौँन दिन भोकै , आधा शरिर कपडा लगाएर खाली खुटटा हिडेर राजनीति गदै आएका सिंह जाजरकोट क्षेत्र नं १ वाट उम्मेदवार भएका छन् । एक पटक यी अनुहारलाई जनताले अमुल्य भोट दिएर राज्यको नीति निर्माण तहमा पठाएरमा साँचिकै यहाँको मुहारमा परिवर्तन आउने छ भन्ने सवैले आशा लिएका छन् ।