☰ open Loading... 19 April 2024|  

ऐतिहाँसिक, सांस्कृतीक र पुरातात्विक जिल्ला दैलेख
  | ३ कार्तिक २०७४, शुक्रबार १६:४४

आकाश खुलेको बेला नागवेली स्वरुपमा देखीएको दैलेख सदरमुकामको दैलेखबजार मुख्य भाग । यहाँबाट दैलेखको पुरै भुभाग हेर्न सकिन्छ ।

ऐतिहासिक, सास्कृतिक तथा पुरातात्विक महत्वले भरिपूर्ण जिल्ला दैलेखमा पर्यटकहरुका लागि घुम्न र हेर्न थुप्रै स्थलहरु छन् । यहाँ नेपाली भाषाको पहिलो शिलालेखदेखी पानीमाथि ज्वाला बल्ने खोलासम्म छन् ।

यहाँ जुनसुकै मौसममा पनि घुम्न आउन सकिन्छ । त्यस्तै विभिन्न जातजातिको उत्पती भएको स्थानहरु समेत यहाँ रहेका छन । आफ्नै कलासंस्कृती रहेको दैलेखमा प्राकृतिक सम्पदाले भरिपूर्ण छ ।