☰ open Loading... 19 April 2024|  

अमानवीय ब्यवहार !
  | २१ कार्तिक २०७४, मंगलवार १५:५४

प्रेमबहादुर शाही
२०६८ जेष्ठ १० गते संसद्को वैंठकले जातीय भेदभाव तथा छुवाछुतको (कसुर तथा सजाय) विधेयक पारित ग¥यो । त्यस लगत्तै १८ गते राष्ट्रपति डा. रामवरण यादवद्धारा विधेयकलाइ प्रमाणिकरण गरेपछि सो विधेयक नेपालको कानून बन्यो । यो नै नेपाली दलितहरुले गरेको करिव ६ दर्शक लामो आन्दोलनको विजय महशुस गरेका थिए ।

हिन्दु वर्णब्यवस्थाले गर्दा “अछुत” बनेर अपमानित र अपहेलित हुँदा पनि न्याय नपाईरहेका लाखौं लाख दलितहरुलाई आफ्नो कानूनी अधिकार प्राप्त भनिएको थियो । तर विडम्वना मानुन कागजमा मात्र मन्यो । रुडिबाढी परम्पराले जगडिएको हाम्रो समाजमा कुने परिवर्तन आएन ।

२१ औं शताब्दीमा आएर पनि कतिपय अवस्थामा दलितहरुले भोगेको सास्ती पनि अपवादबहेक विद्यमान सामान्ती प्रशासन र अदालत तथा सम्पूर्ण न्यायप्रणालीले दलितको पक्षामा खुलेर न्याय दिन सकेको छैन । नीजि तथा सार्वजनिक स्थालहरुमा भेदभाव गर्न नपाईने गरेमा दण्दनीय भनिएको छ । कानुनी रुपमा जे भनिएता पनि दलितहरुलाई अहिले पनि मन्दिर, कुवा, होटेल, स्कुल जस्ता सार्वजनिक स्थलहरुमा अपमानित हुनु परेको छ ।

समाजका केही मानिसहरु छुवाछुत उन्मुलन गर्न चाहन्छन तर परिवार, गाउँ समाजबाट हेपिन वा आलोचित हुने भएकाले भेदभाव उन्मूलनको अभियानमा सरिक हुन चाहाँदैनन् । दलितको घरभित्र बसे खाना खाने ब्यक्तिलाई अपमानित गरिदैं आईरहेको छ । जातीय भेदभाव विरुद्ध अग्रसर ब्यक्ति तथा संस्थाहरुलाई समाजमा सम्मान गरेर अन्य ब्यक्तिहरुलाई पनि प्रोत्साहित गर्नु पर्ने हुन्छ । विद्यमान कुरीतिलाई मास्तिष्कबाट हाम्रो समाजले हटाउन सकेको छैन ।

मान्छे अखिर मान्छे सवै एउटै हो बन्ने चेतनाको विकास भएको छैन । अहिले पनि समाजमा दलित भन्ने शब्दलाई रातो आँखाले हेर्न गरिएको छ । दलितहरुले घरआगनमा गएर काम गर्नु हुन्छ । घर बनाउने, धुरीमा गई छानो लगाउनु हुने । त्यहि दलितलाई घरभित्र पस्यो भने अशुद्ध हुने । मन्दिरमा राख्ने मूर्तिहरु कुद्नु हुने ।

दलितहरुको बनाएका गरगहना लाउनु हुने तर त्यहि दलितसित छुईएपछि गैरदलितहरुले घरमा गएपछि पानीको छिटो हालेपछि शुद्ध हुने । दलितहरुले पालेको पशुरुको दूध धोएर खानु हुने तर त्यहि दलितका हातले धोएको दूध खानु नहुने ।

दलितहरुले सिलाएका कपडाहरु लगाउनु हुने, तर त्यहि कपडा खाना खानेवेला सवै खोलेर धोति लगाएर खाना खानु पर्ने, दतिलले बनाएको हतियारहर चलाउन हुने अझै दलितहरुको सीपहरु सवै चल्ने तर त्यहि दलितले सँगै बसेर खाना खानु नहुने ।

यो कस्तो समाज ? आम मानिसहरुको मनमा दलितले आफूलाई दलित बताएकै कारण अत्याचार भएको होइन बरु अत्याचार गर्ने सामाजिक ब्यवस्था विद्यमान भएकाले अत्याचार भएको हो ।

करिव दुई हजार वर्ष पहिले व्राम्हण राजा मनुको शासनकालमा वर्ण ब्यवस्था लागि छुवाछुत समेत लादियो त्यसवेलादेखि समाजका सवैभन्दा तल परेका श्रमजीवी जनतावीच फुट पार्न र शोषक वर्गीय कथित उच्च जातीय शासनलाई मलजल गरिदियो । हिन्दु समाजमा वर्ण ब्यवस्था अनुसार अछुन वनाईएका अनगिन्ती जात लाई साझा नामका रुपमा दिलत शब्दले सम्बोधन गर्ने सामाजिक क्षेत्रमा स्थापित हुन पुगेको थियो ।

देशको कुलन जनसंख्याको एक चौथाई संख्या ओगटेका दलित समुदायलाई अपहेलना गरियो । त्यपछि मानिसहरुलाई जातको आधारमा विभाजन गरियो । त्यसैको परिणमा आज मानिसहरु छुत र अछुत हुन पुगे ।

अवका दिनहरुमा दलित र गैर दलित बीचको मात्र जातीय छुवाछुतको अन्त्यको कुरा गरेर मात्र हुदैन समाजमा हुने सवै प्रकारका विभेदको अन्त्य हुन आवश्यक छ ।
लेखक नेपाल पत्रकार महासंघ दैलेख शाखाका कोषाध्यक्ष हुन ।