☰ open Loading... 17 September 2024|  

थानीले झुप्राको पानी मैले ल्याए भन्नु लज्जास्पद : कंडेल
  | २१ कार्तिक २०७४, मंगलवार १९:४८

सुर्खेत : तमसु गरेर वीरेन्द्रनगरमा खानेपानी भित्राएका बालराम शर्माको योगदान भुल्दै हृदयराम थानीले आफैले ल्याएको हुँ भन्दै कुर्लिनु लज्जास्पद भएको सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा (क) का उम्मेदवार यमलाल कंडेलले बताएका छन् । एमाले–माओवादीले मंगलबार वीरेन्द्रनगर–१ मा आयोजना गरेको संयुक्त अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नेकपा एमालेको तर्फबाट वीरेन्द्रनगर नगरपालिको मयेरमा बालाराम हुदाँ झुप्रा खानेपानी सिफारिस भएको बताएका नेकपा एमालेका पोलिटव्यूरो सदस्य समेत रहेका कडेल भने–‘कांग्रेस ल्याएको हो भनि प्रचार गर्नु आफ्नो खुट्टामा बञ्चरो हान्नु हो ।’

झुप्रा खानेपानी आयोजना कसले ल्याएको भन्ने बारेमा जनताहरु जानकार रहेको भन्दै थानीले सवै आफैले गरेको हुँ भन्दै कुर्लिनु गलत भएको उल्लेख गरे । ‘जनतालाई स्पष्टै छ, खानेपानी आयोजना कसको पालामा शुरु भएको भन्ने तर थानीले आफैले गरेको हुँ भन्नु गलत हो’ कंडेलले भने, ‘झुप्रा खानेपानी हृदयराम थानीले कांग्रेसले वनाएको भन्दै भाषण गर्दै हिडेको आफुले सुनेको र यस्ता कुतर्क गर्नु मन्त्री भैसकेको मानिसको लज्जास्पद विषय हो ।’

फोरलेन सडक र रिङरोड समेत आफुले वनाएको भन्नू हास्यास्पद विषय भएको बताएका उनले उपत्यकाको खानेपानीको समस्या समाधान गर्न खरी र वोरी खोलावाट थप पानी ल्याउन खोज्दा थानी जि ठाउँ ठाउँमा मुद्दा हाल्दै हिडेको आरोप लगाए । देशको समृद्धिका र विकासका लागि एमाले र माओवादी बीच वाम गठबन्धन भएको उनले बताए ।

पार्टी एकीकरणसम्मको योजना बनेकोले अब कांग्रेसको दिन सकिएको बताउदै उनले हाल दुई हजार दिईरहेको सामाजिक सुरक्षा भत्ता वामपन्थीहरुको सरकार वन्ने बित्तिकै पाँच हजार पु¥याउने घोषणा सार्वजनिक भएकाले बताए ।

६ नं प्रदेशमा भोकमरी र गरिबी व्याप्त रहेकोले अवको निर्वाचनपछि बन्ने वामपन्थीको सरकारले नयाँ योजना वनाई समृद्ध कर्णाली प्रदेश निर्माणमा आफ्नो महत्वपुर्ण भूमिका रहने बताए । वीरेन्द्रनगर वडा नं १ संयुक्त वडास्तरीय भेलाबाट चन्द्रबहादुर नेपालीको संयोजकत्वमा ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको छ ।

महेन्द्रप्रशाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले अनुशासन आयोगका सदस्य वालाराम शर्मा, प्रतिनिधि सभाका २ नं क्षेत्रका वाम गठवन्धनका उम्मेदवार नवराज रावत, एमाले सुर्खेतका उपाध्यक्ष अमृतकुमार विसी, एमाले नेताहरु गंगाराम तिमेल्सेना, दानसिं सुनार, ईश्वरभक्त सुनार, मोहनमाया ढकाल लगायतले जिल्ला र प्रदेशको समृद्धिका लागि वाम गठबन्धनलाई मतदान गर्न आग्रह गरेका थिए ।