☰ open Loading... 19 April 2024|  

‘दुई महिनामै वीरेन्द्रनगरका घर–घरमा इन्टरनेट पुर्याउँछौं’
  | ३० कार्तिक २०७४, बिहीबार ११:५५


वायरलेस इन्टरनेट सेवा दिँदै आएको वर्ल्डलिंक कम्युनिकेसन्सले झण्डै एक वर्षदेखी वीरेन्द्रनगरमा उच्च गतिको इन्टरनेट (फाइवर टू होम) सेवा भित्राएको हो । दुई महिनाभित्रै यहाँका सवै ठाउँमा इन्टरनेट सेवा विस्तार समेत गर्दैछ । प्रदेश ६ को अस्थायी राजधानी सुर्खेतमा वर्ल्डलिंकले आगामी दिनमा थप योजनाहरु कसरी अघि बढाएको छ त यसै सन्दर्भमा रहेर पश्चिमनेपाल डटकमकर्मीले वर्ल्डलिंक कम्युनिकेसन्स शाखा सुर्खेतका प्रमुख नवराज पंगालीसंग कुरानानी गरेका थिए :-

 

वर्ल्डलिंकको ‘फाइवर टु होम’ सेवा भनेको के हो ?
‘फाइवर टु होम’ प्रविधि अहिलेको नयाँ प्रविधि हो । जो अप्टिकल फाइवरको माध्यमबाट अप्टिकल डिस्टीबियन्सन टरनेलदेखि ग्राहकको घरसम्म डाटाको कनेक्शनलाइ बुझाउँछ । यसमा अरु नेटवर्कभन्दा छीटो र उच्च गतिमा इन्टरनेट चलाउन सकिन्छ । यो प्रबिधी युरोप, अमेरीका जस्ता देशमा सफल प्रयोगपछि भारत हुँदै नेपाल भित्राइएको प्रबिधि हो । वल्र्डलिङको फाइवर ५ एम.बि पी.एस.देखी ५० एम.बि पी.एस सम्मको स्पीडमा नेट चल्ने भएकाले ग्राहकलाई आवश्यक पर्ने सम्पुर्ण काम यस प्रबिधिबाट सजिलो गर्न सहजहुन्छ ।

प्रदेश नम्बर ६ मा वल्र्डलिङ्कले आफ्नो इन्टरनेट सेवा विस्तार गर्न कस्ता योजना अघि सारेको छ ?
प्रदेश नम्बर ६ को अस्थायी राजधानी सुर्खेतसहित दैलेख, कालिकोट, जाजरकोट, रुकुम तथा प्रदेश ५ का रोल्पा जिल्लामा वल्र्डलिङ्कले आफ्नो सेवा विस्तार गरिसकेको छ । यस प्रदेशका बाँकी जिल्लामा आफ्नो सेवालाई विस्तार गर्न हामी तयारीमा छौं । अबको २ वर्ष भित्रै प्रदेश ६ का सबै जिल्लाहरुमा आफ्नो सेवा विस्तार हुनेगरी काम अघि बढाएक छौं ।

वीरेन्द्रनगरमा मात्रै वल्र्डलिङ्कका ग्राहक कति छन ? निकट भविष्यमै सवै ठाउँमा सहज रुपमा इन्टरनेट सेवा पु¥याउने योजना के हुन् ?
हिाल वीरेन्द्रनगरमा मात्र १ हजार ५ सय खुद्रा ग्राहक र झण्डै १ सय ५० कर्पोरेट ग्राहकहरु छन । अबको २ महिना भित्र वीरेन्द्रनगर उपत्यकाका सबै स्थानमा फाइवर प्रविधि पुग्नेछ । यसका लागि हाम्रो प्राविधिक टोली रातदिन नभनि काममा खटिएको छ । म मिडियामार्फत ग्राहकहरुलाई के भन्न चाहान्छु भने अवको २ महिनाभित्र सवै गाउँ र टोलमा वल्डलिङ्कको इन्टरनेट सेवा पु¥याउनमा हामी जुटेका छौं ।

एकलौटी इन्टरनेट सेवामा वल्र्डलिङ्कले दवदवा राख्नुको कारण चाही के हो ?
मुख्यत् उच्च गतिको इन्टरनेट र उच्चतम ग्राहक सन्तुष्टी तथा भरपर्दो सेवाका कारण वल्र्डलिङ्कले ग्राहकहरुको मन जितेको हो । अर्को कुरा वल्र्डलिङ्क कनेक्सनमा ग्राहकले वितरण पोइन्टदेखि घरसम्मको फाइवर केवल राउटरहरु पनि शःशुल्क पाउने भएकाले पनि हामी स्थापित हुन सफल भएका हौं । यति मात्रै हैन् नेटसंगै टेलिभिजन समेत हेर्न सकिने प्रविधि थपिएकाले छोटो समयमै वीरेन्द्रनगरमा स्थापित भयौं ।

वायरलेस प्रविधिभन्दा ‘फाइवर टु होम सेवा’ कसरी लोकप्रिय बन्यो ?
वायरलेस नेर्टवक ध्भद द्वारा इन्टरनेट चल्ने प्रविधि हो । वायरलेस प्रविधि चाहेको गतिमा र उच्च गतिमा इन्टरनेट पु¥याउन सकिदैन उपकरण र सम्पुर्ण प्राविधिक विषयले वायरलेस प्रविधि झनझटिलो छ । त्यसको तुलनामा फाइवर एकदमै सहज प्रविधी हो ।
ग्राहकले उच्च गतिको इन्टरनेट सहजै प्राप्त गर्न सक्छन् । त्यो मात्र नभयर एउटै तारबाट इन्टरनेट र टेलिभिजनको मजा लिन सकिने प्रविधि थएिको हो । वायरलेस इन्टरनेटको तुलनामा उही मुल्यमा १०० गुणा उच्च गतिको इन्टरनेट यो प्रबिधिवाट लिन सकिन्छ । हाल हामीले वायरलेस प्रबिधिबाट १ एम.बि.पीएस लाई ३००० मागी रहेका छौँ । यही मुल्यमा फाइवर प्रविधिको इन्टरनेट ५० एम.बि.पीएसमा उपलब्ध गराउन सकिन्छ ।

वर्ल्डलिंकले सुर्खेती ग्राहकको मन जित्ने मुख्य आधारहरु के के हुन् ?
अरु इन्टरनेटको तुलनामा वल्डलिङ्कको इटरनेट धेरै उच्च छ । ग्राहकहरुलाई समस्या भएमा विग्रिएको समयमा तत्काल ग्राहकहरुको घरसम्म गएर विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म मर्मत सेवा उपलब्ध हुनुले वल्डलिङ्कको लोकप्रियता बढेको हो । यति मात्रै नभएर अरु इटरनेट कम्पनीहरुको १ एम.बी.पी.एस. इन्टरनेटको मुल्यमा ५० एम.बि.पी.एस. इन्टरनेट सेवा उपभोग गर्न पाइरहेका छन् । त्यस कारण ग्राहको पहिलो रोजाई नै वर्ल्डलिंक हो ।

अन्त्यमा के भन्न चाहान्छु ।
अहिले बजारमा च्याउ उम्रेसरी इन्टरनेट सेवा प्रदायकहरु जन्मि रहेका छन । यसले विभिन्न योजनासहित इन्टरनेट सेवा प्रवाह गरिरहेका छौं भन्दै भ्रम सिर्जना गरेका छन् । तसर्थ म ग्राहकहरुलाई यस्ता सेवा प्रदायकदेखी सावाधानी अपनाउन आग्रह गर्दछु । आफुले कमाएको पैसाको सहि सदुपयोग गनुहोस् । इन्टरनेट जोडनु पुर्व सम्पुर्ण कुराको जानकारी लिएर निर्णय गर्न आमउपभोक्तालाई पुनः अनुरोध गर्दछु । बदलिदो शताब्दिमा इन्टरनेटको प्रयोगभन्दा दुरुपयोग बढी भइरहेको छ । इन्टरनेटलाइ दुरुपयोग नभइ सदुपयोग गरी दिनुहुन आमउपभोक्ता समक्ष अपिल गर्दछु ।