☰ open Loading... 19 April 2024|  

प्रदेशकै कान्छा सांसद थापाकाे उद्घाेष ‘रोजगारी र पूर्वाधारमा जोड दिन्छु’
  | १ पुष २०७४, शनिबार १८:३३

नाम : सुसिलकुमार थापा
उमेर :३१ वर्ष
पद : प्रदेश सदस्य
विजयी भएको जिल्ला र प्रदेश : दैलेख २ क प्रदेशसभा
शैक्षिक योग्यता : एमएड पास
सम्बद्ध राजनीतिक दल : नेकपा एमाले
विगतको पृष्ठभूमि : २०६३ मा शिक्षा क्याम्पस सुर्खेतमा अनेरास्ववियूको विद्यार्थी राजनिति गरेका हुन् । कलियो उमेरमै उनी शिक्षा क्याप्पसको २०६५ मा स्ववियू सचिव विजयी भए । २०६५ यता उनी अनेरास्ववियूको दुई पटक केन्द्रिय सदस्य भएर सफलतापूर्णक जिम्मेवारी पहन गरे । २०७१ सालमा पार्टी दैलेख जिल्ला कार्य समितिको सदस्यमा निर्वाचित भए ।

पार्टीको जिल्ला सदस्य भएयता उनी संगठन विस्तार अभियान सक्रिय भए । प्रदेश सभा सदस्य टिकटका लागि पार्टीभित्र प्रतिष्पधीहरु धेरै भएपछि निर्वाचनमा समेत जानु परेको थियो । टिकट सिफारिसका लागि भएको निर्वाचनमा उनलाई पार्टीभित्रबाट ठुलो मतको अन्र्तरले केन्द्रमा पठाईएको थियो । त्यसपछि उनले प्रदेश सभा सदस्यको लागि टिकट पाएर चुनावी अभियानमा लगेका थिए । प्रदेश सभा सदस्यमा विजयी भए ।

१) विजयी भएपछि कस्तो अनुभव भएको छ ?
– यूवा भएर चुनावी अभियानमा हिड्दा मतदाताहरुले भरोसाका साथ आफुलाई हेर्ने गरेको त्यो भरोसालाई तोड्न दिने छैन् । अव म सधै जनताकै साथमा रहेर काम गर्ने जिम्मेवारी थपिएको महशुस गरेको छु ।

२) तपाइले आफ्नो जिल्ला÷क्षेत्रको कासका लागि तत्काल गर्ने तीनवटा काम के–के हुन ?
– आफुले पहिले गरिवी हटाउन लाग्ने त्यसपछि रोजगारीका बाटाहरु खोल्ने यूवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने र विकासको लागि पूर्वाधारहरु आफ्नो क्षेत्रमा भरपूर गर्ने योजना रहेको उनले बताए । यूवाहरुको खाँचो र आवश्यकता सम्झेर माया र भरोरा गर्ने सवै मतदाताले ५ वर्षभित्रै गुण तिर्नेछु ।

३) मतदातालाई तपाइ के भन्न चाहनुहुन्छ ?
– यूवाहरुले काम गर्न सक्छन् भनेर मतदाताहरुले विताउनु भयो । म सधै उहाँहरुको ऋणी हुनेछु । सवै मतदाता, सुवेच्छुकहरुलाई धन्यवाद दिन चाहन्छु । ५ वर्षभित्र महशुस हुने गरि विकासका योजनाहरु क्रमवद्धहरुमा गर्नेछु भन्ने दृढता ब्यक्त गर्दछु ।