काठमाडौँ । विना विभागीयमन्त्री महेन्द्रबहादुर शाहीले यही पुस ७ गतेका दिन कालिकोटको सदरमुकाममा म्यादी प्रहरी विवेक ऐडीको दुःखद मृत्यु र आधा दर्जन जति घाइते भएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन ।
उनले शनिवार एक प्रेस विज्ञप्ति प्रकाशित गरी यस्तो दुःखद घटना हुुनुका कारण पत्ता लगाइ दोषीमाथि कारबाही गर्न माग पनि गरेका छन । सान्नी त्रिवेणी, ४ तिकुवाका हरि ऐडीका २१ वर्षीय छोरा मृतक विवेक ऐडीको घर परिवारलाई उचित राहत तथा क्षतिपूर्ति र घाइतेलाई यथाशीघ्र उपचारको व्यवस्था गरिदिन सरकारसँग माग गर्दछु, विज्ञप्तिमा उनले भनेका छन ।
यस दुःखद घडीमा सबै पक्ष संयमित भई जिल्लाको शान्ति सुुरक्षालाई थप उत्तेजित पार्ने स्थिति नहोस् भनी सम्बन्धित पक्षलाई सचेत रहनसमेत विज्ञप्तिमार्फत उनले सबैमा आग्रह गरे ।
यता कालीकाेट सदरमुकाम मान्ममा विहानैदेखी अान्दाेलन जारी छ भने बजार र सवारी अावागमन ठप्प छ । सडियाे र डिएसपीलाइ कारवाहीकाे माग गर्दै मान्म बजारमा अान्दाेलन जारी रहेकाे पत्रकार खगेन्द्र भट्टराइले जानकारी दिए ।