☰ open Loading... 17 September 2024|  

नीति निर्देशनको अभावमा : स्थानिय सरकारले विकास निमार्णमा गति लिन सकेन
  | ९ पुष २०७४, आईतवार २०:१९

सागर परियार,
जुम्ला । स्थानिय तहको निर्वाचन भएको झण्डै आधा वर्ष वितिसक्दा पनि स्थानिय सरकाले विकास निमार्णमा गति लिन सकेको छैन् । गाउँ गाउँमा सिंहदबारका नारा गन्काउदै सरकार संघिय संरचनामा गएपनि त्यसको प्रभावकारिता अहिलेसम्म देखिदैन् । बैशाख ३१ मा चुनाव भई अषाढ तिर गाउँपरिषद समेत भएर विभिन्न विकास निमार्णका लागि करोडौ बजेट विनियोजित पनि गरीएको थियो ।

तर आर्थिक वर्ष २०७४÷७५ को पहिलो चौमासिक सकिँदा सम्म आबश्यक निति निर्देशनको अभावले स्थानिय तहमा कुनै प्रभावकारी विकास निमार्णका काम हुन नसकेको गाउँपालिका अध्यक्षहरु बताउछन् । स्थानियमा बन्ने हरेक विकास निमार्णका संरचनाहरु मैत्रीपुर्ण र मापदण्ड अनुसार बनाउन करोडौ बजेट छुटाएपनि त्यसले गति लिन नसकेको पाइएको छ ।

जुम्लाका एक नगरपालिका सहित सात गाउँपालिका कम्तीमा पनि २५ करोडका दरले बजेट आएको हो । विकास निमार्ण तथा चालु तर्फ गरी आएको करोडौ बजेटले स्थानिय तहको काचुली फेर्ने आशा केवल आशामा मात्रै सिमित रहेको नागरिकहरुको गुनासो छ ।

आर्थिक वर्षको पहिलो चौमासिक सकिँदा पनि जुम्लाका सबै स्थानिय तहमा पुजिंगत खर्च १० प्रतिशत भन्दा बढि हुन नसकेको बिज्ञहरुले बताएका छन् । सबैले देख्ने गरी कुनै स्थानियतहले खानेपानी, शिक्षा, स्वास्थ्य लगायत कृषि क्षेत्र सुधारका लागि बिनियोजित कुनै उल्लेखिय काम नगरेको नागरिक अगुवाहरु बताउँछन् ।

अलमलकै बिच स्थानिय तहको संरचनागत विकामा खासै प्रभावकारी हुन नसकेको पातारासी गाउँपालिका अध्यक्ष लक्षिमन बोहोराले बताए । उनले भने आफ्नो गाउँपालिकामा अन्यौलताका बचि पनि केहि विकास निमार्ण भएको छ । तर आबश्यक मापदण्ड, निति निर्देशन नँहुदा अन्यौलताको भरले विकास निमार्णलाई त्यति गति दिन नसकिएको अध्यक्ष बोहोराको भनाई छ ।

यता तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले ठुला विकास निमार्णका योजना भन्दा ५ देखि १० लाख सम्मका ४५ वटा योजनाहरु विकास निमार्णकै क्रममा रहेको बताए । स्थानिय सरकार संचालनका यावत अन्यौलताका बिच पनि अन्य गाउँपालिका भन्दा पुजिँगत खर्च बढि भएको उनको दाबी छ । तर समग्र जुम्लाका एक नगरपालिका सहित सात गाउँपालिकामा आएको १ अर्ब बढि बजेटको १० प्रतिशत भन्दा बढि पुजिँगत खर्च हुन सकेको बिज्ञहरुको भनाई छ ।

सरकाले स्थानिय तहको निर्वाचन पछि संघ र प्रदेश सभाको निर्वाचनमा बेस्थ रहेपछि पनि समस्या भएको हो । तर अहिले सम्म कुनै स्थानिय तहमा देख्न मिल्ने गरी विकास निमार्ण काम भएका छैन् ।

स्थानिय तहमा पर्ने रहेक गाउँमा मोटरबाटो अभावकै कारण अहिले घरैमै सुत्केरीहुनु पर्ने बाध्यता ज्यूको त्यू छ । गाउँपरिषदमा ग्रामिण सडक निमार्णमा विशेष प्रथामिकता दिने भन्दै पास गरिएको बजेट कुनै स्थानिय तहमा बाटोनिमार्ण हुन सकेको छैन ।