☰ open Loading... 17 September 2024|  

राकमकर्णाली बालमैत्री वडा घोषणा
  | ११ पुष २०७४, मंगलवार ११:४६

दैलेख । लामो समयको अभ्यासपछि दैलेखको आठबीस नगरपालिका – ४ राकमकर्णालीबालमैत्रीलाई स्थानीय शासन वडा घोषणा भएको छ । घोषणामा बाल संरक्षणका साथै बालअधिकारको सुनिश्चितगर्नसम्बन्धित सरोकारवालाले सार्वजनिक प्रतिवद्धता गरे । बालमैत्री स्थानीय शासनका ३९ सूचक पुरा गरिएको हुदाँ राकमकर्णालीलाई बालमैत्री स्थानीयशासन वडा घोषणा गरिएको हो ।

स्थानीय तह सञ्चालन ऐन २०७४ ले दिएको अधिकार प्रयोग गरी राकमकर्णालीलाई बालमैत्री स्थानीयशासनवडा घोषणा गरिएको हो । उक्त ऐनले स्थानीय तहलाई बालमैत्रीबनाउन सक्ने व्यवस्था गरेको छ । वडा हुदै समग्रमाबाल मैत्री जिल्ला घोषणा गर्ने योजना रहेको जिल्ला समन्वय समिति संयोजक प्रेम थापाले घोषणा कार्यक्रममा बताए ।

राकमकर्णालीले बालबालिकाका आधारभूत आवश्यकता पुरा गरेको बताउदै आठविस नगरपालिकाका नगर प्रमुख खड्गराज उपाध्यायले बालमैत्री वडा घोषणा पश्चातयहाँकाबालबालिका डर, त्रास र हिंसाबाट मुक्तभएको बताए । ‘अब कुनै पनिबालबालिकाविद्यालयबाहिर हुने छैन्न ।’ उपाध्यायले भने, बालबालिकाका धेरै अधिकारहरु पुरा भएका छन् । अझै पनिहामीथपकामगर्न प्रतिवद्ध छौं ।’

घोषणा कार्यक्रमा थानीय देउडा भाकामा बालबालिकाले सन्देशमुलक गितहरु गाएका थिए । नगरपालिका –४ राकमकर्णालीलाई प्रत्याभूतगर्ने नीति, योजना, कार्यक्रम, आचार संहिता निर्माण तथा कार्यान्वयन गर्ने, स्थानीयतहका सबै संरचनाहरुमाबाल सहभागितालाई सुनिश्चितगर्ने, वडामा निर्माण गरिने संरचनाहरु बालमैत्रीबनाउने र कम्तिमा १५ प्रतिशत बजेट बालबालिका लक्षित योजना तथा कार्यक्रममाखर्च गर्ने प्रतिवद्धता गरिएको संरक्षण अधिकृत निर्मल अधिकारीले बताए ।