☰ open Loading... 17 September 2024|  

बर्माको रहस्यमय मृत्यु बारे निष्पक्ष छानबिन गरी कार्वाही गर्छु : पुडासैनी
  | १२ पुष २०७४, बुधबार १६:१०

सागर थापा, दाङ । नेपाल बैंक लिमिटेड बर्दियाको म्यानेजरमा कार्यरत प्रमोद बर्माको रहस्यमय मृत्यु बारे निस्पक्ष छानबिन गरि दोषीलाई कार्वाही गर्ने र पीडित लाई न्याय दिने ५. नम्बर प्रदेश प्रहरी प्रमुख एआइजी मधु प्रसाद पुडासैनी बताएका छन ।

बर्माको रहस्यमय मृत्युबारे प्रहरीले निश्पकक्ष छानबिन गर्ने छुट्टै विशेष प्रहरी खटाउने बताए ।  कुराकानीमा एआइजी पुडासैनीले नेपाल प्रहरीले घटनाबारे सत्यतथ्य छानबिन गरि दोषीलाई कार्वाही पीडितलाई न्याय दिने बताए ।

बैंक म्यानेजर प्रमोद बर्माको अनुसन्धानमा ढिलाई संगै घटना रहस्यमय बन्दै गएको भन्दै सोधिएको प्रशनमा घटनाको प्रकुती र फोटो हेर्दा शरिरमा निलदाम हुने कुटपिटले पनि हत्या भएको पुस्ती गर्ने भन्दै पीडित परिवारले न्याय पाउनु पर्ने र नेपाल प्रहरीले निश्पकक्ष छानबिन गर्नुपर्ने घटनाबारे जानकारी गरे लगत्तै एआइजी पुडासैनीले (जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी) र (जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी कोहलपुरका डिएसपी क्षेत्रीय अनुसन्धान ब्युरो नेपालगन्ज प्रमुख लगाएत लाई फोन गरेर सत्यतथ्य थप अनुसन्धान गर्न कडा निर्देशन दिएका छन ।

साथै आवश्यक परे काठमाडौं बाट केन्द्रीय अनुसन्धान ब्युरो (सिआइडी) लाई बोलाई अनुसन्धान पनि गर्ने बताए ।