☰ open Loading... 19 July 2025|  

गाउँपालिकाको विरुद्ध उच्च अदालतमा मुद्धा
  | १३ पुष २०७४, बिहीबार १६:५७

पार्वती बस्नेत, दाङ ।  दाङमा रहेको बबई गाउपालिकालाइ विपक्षी बनाइ उच्च अदालत तुलसीपुरमा मुद्दा दर्ता गरिएको छ । गाँउपालिका कार्यालय जबजस्ती सारेको भन्दै बबई गाउपालिका वडा नम्बर २ र ३ का ४९ जनाको वारिसनामा सहित भिम कुमार कडेल सहितको टोली मुद्धा दर्ता गरेको हो ।

स्थानीय निकाय सम्बन्धि अध्यादेश २०७४ मा कुनैपनि गाउपालिका वा नगरपालिका को केन्द्र वा नाम हेरफेर गर्नु परेमा निर्वाचन सम्पन्न भएको ६ महिना भित्र कायम रहेको बहुमत सदस्यले निर्णय गरि नेपाल सरकारको राजपत्र अङ्कित सूचना प्रकाशित गरि नेपाल सरकार को निर्देशन अनुसार सार्नुपर्ने प्राबधान भएता पनि यो सबै कुराहरु केही पनि नगरी आफ्नो सत्ताको दुरुपयोग गर्दै गाउपालिका सारिएको भन्दै स्थानियहरुले जानकारी दिए ।

एक स्थानीयले आक्रोशित हुँदै भने ‘अहिले रहेको सरकारी भवन बाट सारेर हापुरे को एक निजि घरमा भाडा तिरेर राखिएको छ,यो हामिलाइ मान्य हुनेछैन,सत्ताको आडमा राज्यको बजेटको अनुचित प्रयोग हुन हामी दिदैनौ यदि सार्नु नै छ भने पहिले पुर्वाधार निर्माण गर्नपर्यो अनि सार्ने बिषयमा सोचौला ।’ विवादका कारणले गर्दा हाल गाउँपालिकाको दैनिक काजकाज हुन सकेको छैन ।