☰ open Loading... 18 April 2024|  

वातावरण सुधार सहकारीकाे लघुवित्त प्रभावकारी बन्दै
  | १५ पुष २०७४, शनिबार १८:१७

सुर्खेत । वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्था लि. वीरेन्द्रनगर ८ ले आफ्नो प्रगति ६५ प्रतिशत पुगेको जनाएको छ । शनिवार सम्पन्न संस्थाको १५ औं साधारणसभा सो जानकारी गराइएको हो । बचत तथा ऋण कार्यक्रमतर्फ ६९ प्रतिशत र लघुवित्त कार्यक्रमतर्फ ६१ प्रतिशत गरी समग्रमा ६५.५३ प्रतिशत प्रगति हासिल गरेको जनाइएको छ ।

संस्थाका सचिव सुरजप्रसाद आचार्यले संस्थाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गतबर्षको कार्यक्रम र प्रगतिको तुलना गर्दा समग्रमा ६५ प्रतिशत उपलव्धी हासिल गर्न सफल भएको बताए ।

उनले सहकारी र लघुवित्त कार्यक्रममार्फ २७ हजार १७७ सदस्यहरुसंग सुर्खेत, दैलेख, सल्यान र जाजरकोट कार्यक्षेत्र बनाइ बचत, ऋण, रेमिटान्स, आवास, बायोग्यासजस्ता कामहरु गर्दै आएको उनले जनाए । संस्थाले आगामी आर्थिक बर्ष २०७५÷०७६ मा प्राविधिक शिक्षा सहयोग कार्यक्रम, सदस्यका परिवारहरुलाई व्यवसाय प्रवद्र्धन तालिम, विपन्नसंग वातावरण उज्यालो कार्यक्रम, साझेदारी सहयोग कार्यक्रम, लघुवित्त शिक्षाजस्ता कार्यक्रमहरु गर्ने लक्ष्य लिएको सचिव आचार्यले जनाए ।

संस्थाका कोषाध्यक्ष अनन्तप्रसाद पौडेलले चालु आवमा संस्थाको कूल कारोबार ५ अर्व ७२ करोड ३४ हजार रहेको जानकारी दिए । आगामी बर्षका लागि ७ अर्व १ करोड ७२ लाख ३६ हजार अनुमानित आयव्यय उनले प्रस्तुत गरे जसमा बचत तथा ऋणतर्फ १ अर्ब २० करोड ८३ लाख ९४ हजार र लघुवित्ततर्फ ६ अर्ब ६० करोड ८ लाख ४२ हजार रहने बताए ।

सो अवसरमा सल्यानका बलीराम खत्री, जाजरकोटका मानबहादुर थापा र दैलेखका खगेन्द्र शहीलाई लघुवित्त सामाजिक सम्मान प्रदान गरिएको छभने उत्कृष्ट बचतकर्तामा जैसरा काफ्ले र देवप्रसाद पौडेल, उत्कृष्ट ऋणीमा रफातुल बक्स र शान्ता पुरीलाई सम्मान गरिएको छ ।

यस्तै छात्रवृत्तितर्फ प्राविमा चक्र काफ्ले र सृष्टि अधिकारी, मावि शिक्ष्ाँ छात्रवृत्ति अभिषेक हमाल र अदिती गौतमलाई प्रदान गरिएको छ ।

संस्थाका अध्यक्ष डम्बरप्रसाद अर्यालको अध्यक्षतामा भएको सभामा जिल्ला समन्वय समितिका संयोजक छविलाल सिग्देल, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी, राष्ट्रिय सहकारी संचालक सदस्य पदम दाहाल, जिल्ला सहकारी संघका अध्यक्ष अमृत विसी, बातावरण सुधार समाजका अध्यक्ष नेत्रा रेग्मी, संस्थाका संस्थापक सल्लाहकारी कमलराज रेग्मी, चिल्ड्रेन प्याराडाइज स्कलुका अध्यक्ष शरद पौडेललगायतले संस्थाले विभिन्न कार्यक्रममार्फत गरिवी न्यूनीकरणमा सहयोग पु¥याएकोमा सह्राना गरेका छन् । कार्यक्रमको संचालन संस्थाका प्रवन्धकद्वय श्यामलाल न्यौपाने र अम्बिका खनालले गरेका थिए ।