☰ open Loading... 13 June 2025|  

संगठन विस्तारमा लाग्नुहोस : थानी
  | १६ पुष २०७४, आईतवार १८:०१

सुर्खेत । पूर्वमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य ह्दयराम थानीले चिया चौतारीमा बसेर कुरा काट्नुभन्दा संगठन बनाउन लाग्न कार्यकर्ताहरुलाई सुझाव दिएका छन् । बराहताल गाउँपालिकाको वडा नं. ५ बड्डिचौर र वीरेन्द्रनगर १४ को गढीमा मतदाताहरुसंग भेटघाट गर्दै नेता थानीले चियाचौतारीमा बसेर एकअर्काको विरोधमा कुरा काट्नुभन्दा संगठन विस्तार गराउनतर्फ लाग्नुपर्नेमा जोड दिए ।

उनले आफू पनि अव संगठन निर्माण र सुदृढिकरणतर्फ लाग्ने भन्दै स्थानीय कार्यकर्ताहरुलाई विकास निर्माणका साथै पार्टी संगठन सक्रिय बनाउन आव्हान गरे । कांग्रेसले विकास गरेपनि जनताको प्रत्यक्ष सहभागिता नहु“दा महसुस गर्न नसकेका कारण जनमत कम भएको भन्दै अव विगतबाट पाठ सिकेर अगाडि बढ्ने उनले जनाए ।

कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले संगठन निर्माणलाई पहिलो प्राथमिकता दिन सुझाव दिए । आगामी निर्वाचनलाई लक्ष्य बनाएर अगाडि बढ्न पनि उनले जोड दिए । बडिड्चौरमा भएको कार्यक्रममा वडा अध्इक्ष तिलक मस्र्यांगी, क्षेत्रीय सभापति नारायण कोइरालालगायतले बोलेका थिएभने गढीमा भएको कार्यक्रममा रुद्र पौडेल, नगर सचिव उपेन्द्र खड्का, क्षेत्रीय सभापति नारायण कोइराला, नगर सभापति देवकुमार सुवेदीलगायतले बोलेका थिए ।