☰ open Loading... 20 April 2024|  

मुगुमा सुत्केरी गराउन नसकेपछि सुर्खेत रिफर
  | १७ पुष २०७४, सोमबार १३:०१

नन्दबहादुर रोकाया
मुगु । पश्चिम खत्याडका एक सुत्केरीलाई थप उपचारका लागी सुर्खेत रिफर गरीएको छ । खत्याड गाउँपालिका-१० का होजाली चदारालाई सुत्केरी बेथाले च्यापेपछि क्षेत्रीय अस्पताल कालागाउँ सुर्खेत रिफर गरीएको हो ।

३३ हप्ताको गर्भ रहेकी चदारा उपचारका लागी शुक्रबार प्रथामिक स्वास्थ्य चौकि कोटडाँडामा पुगेपनि उनलाई रक्तस्राव धेरै भएको, पेट दुख्ने र मुर्छा पर्ने कारण देखिएपछि थप उपचारका लागी सुर्खेत लगिएकाे पारिवारिक स्राेतले जानकारी दियाे ।

जिल्ला स्वास्थ्य कार्यलय मुगु , जिल्ला प्रशासन कार्यलय मुगुको समन्वयमा र क्षेत्रिय स्वास्थ्य निर्देशनलया सुर्खेतको सहयोगमा बिरामी होजाईली थप उपचारका लागी क्षेत्रिय अस्तपता काला गाउँ सुर्खेतमा रिफर गरीएको जिल्ला स्सास्थ्य कार्यलय मुगुका सुचना अधिकारी बली बहादुर बुढाले जानकारी दिए । गर्भवती होईजालीलाई आईतबार मकालु एयरबाट बाजुराको कोल्टी हुँदै क्षेत्रिय अस्तपता काला गाउँ पु¥याईएको र अहिले उपचार भईरहेको उनले बताए ।