☰ open Loading... 18 June 2019|   मङ्लबार, असार ३, २०७६

दाङमा पनि मनाइयाे राष्ट्रिय पाेशाक दिवस

  |

 

पार्वती बस्नेत
दाङ । हाम्रो संस्कृति हाम्रो पहिचान राष्ट्रिय पोशाक संरक्षण महाअभियान भन्ने नाराका साथ पाचौ प्रस्तावित राष्ट्रिय पोशाक दिवस घोराहीमा एक कार्यक्रमको आयोजना गरी सम्पन्न गरिएको छ ।

राष्ट्रिय पोशाक संरक्षण अभियान दाङका अध्यक्ष शोभितजंग शाहिको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख दुर्गासिंह चन्दको प्रमुख आतिथ्य एंव नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सबिन प्रियासनको विशिष्ट आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एस.पि दुर्गा सिहं चन्दले अनेकतामा एकताको सन्देश बोकेको हाम्रो देशमा हामीले हाम्रो पहिचानलाई संरक्षणका साथ जोगाउन सक्यौ भनेमात्र नेपाललाई विश्वमा चिनाउन सक्ने बताए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष सबिन प्रियासनले असल र सभ्य समाज निर्माणका साथै आफनो समुदायको पहिचानपनि पोशाकले नै दिने हुदा राष्ट्रिय पोशाक संरक्षण गर्नुपर्ने कुरामा जोड दिए ।

विद्यार्थी प्रतिक्षा पाैडेलको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रमको सहजीकरण बसन्त लम्सालले गरेका थिए । कार्यक्रम शुरु हुनुपुर्व राष्ट्रिय पोशाकमा सज्जिएर विभिन्न विद्यालयको र्याली सहित घोराही बजार परिक्रमा गरिएको थियो ।

प्रकाशित मितिः सोमवार, पुस १७, २०७४     4:02:48 PM
error: Content is protected !!