☰ open Loading... 28 March 2024|  

उचित रूपमा फुटपाथलार्इ व्यवस्थापन गर्न माग
  | १७ पुष २०७४, सोमबार १६:१७

पार्वती बस्नेत
दाङ । घोराहीको तुल्सीपुरचोकमा फलफुल ब्यवसाय गर्दै आउनुभएकी राजकुमारी नेपालीको समस्या अनेकौ छन् । दुइ छोरा र दुइ छोरीकाे लालनपालन सँगै क्यान्सर रोगवाट पीडित श्रीमानकाे औषधि उपचार गर्दैमा ऋणधन गरेरै भएपनि लाखौ रकम खर्चिनुपर्यो ।

त्यतिमात्र होईन् बस्ने बास सम्म बेच्नुपर्ने परिस्थीति समेत आयो । तैपनि क्यान्सर रोगवाट ग्रसित आफ्नो श्रीमानलाई बचाउन नसकेको पीडा उनकाे मनमा ताजै छ । मनको पीडा एकातिर त छ नै राजकुमारीलार्इ जीवन गुजारा चलाउनै पर्ने बाध्यताले उनलाई सडक छेउमै बसेर ब्यापार गर्न बाध्य बनाएको छ ।

नेपालीलाई राम्रोसँग थाहा छ कि गरिबीकै कारण यसरी सडक छेउमै बसेर ब्यवसाय गर्नुपर्ने बाध्यता हो भनेर तरपनि उनलाई आफनो पसिनाकै कमाई खानुपर्छ भन्ने मानसिकताले पनि यो ब्यापार गर्न बाध्य बनाएको छ ।

सडक वरपर बसेर ब्यापार गर्नेहरुमा अधिकांश सबैको पीडा मिल्दो जुल्दो नै हुन्छ, त्यो हो गरिबी, त्यस्तै पीडा घोराही उपमहानगरपालिका रझेना निवासी पार्वती घर्तिको पनि छ ।

श्रीमानकाे मृत्युपछि आफुले छोराछोरीको लालनपालन र घरखर्च चलाउनका लागी सडक छेउमा बसेर मकै पोल्ने ब्यापारको शुरुवात गरेको  बताउँछिन । २० वर्ष भैसक्यो यही व्यवसाय अगालेकाे त्यसैले होला आजभोलि उनलाई सडक नै आफनो घर हो जस्तो लाग्ने गरेको छ ।

दैनिक एकहजारदेखि बढिमा पन्ध्रसयसम्मको ब्यापारले आफनो गुजारा चलाउदै आएको बताएकी उनले उपमहानगरपालिकाले बजार ब्यवस्थापनको लागी ल्याईदिएको यो योजना अपायक लागेको उल्लेख गरे ।

त्यसो त सडक दुर्घटना न्युनिकरण तथा बजार ब्यवस्थीत गर्नका लागी भन्दै घोराही उपमहानगरपालीकाले फुटपाथका ब्यवसायलाई ब्यवस्थीत गर्न थालेको छ। यसले सडक छेउमा व्यवसाय गरि दैनीकी गुजारा गर्दे आएका फुटपाते व्यसायीलाइ घोराही उपमहानगरपालीकाको यो योजनाले प्रभावित पार्ने व्यावसयीहरुको गुनासो रहेको छ।

व्यसायीहरुको गुनासो तत्काल जायज भएपनी दिर्घकालिन रुपमा घोराही उपमहानगरपालिकाले ल्याउन थालेको सडक व्यवसायी व्यवस्थापन कार्यले व्यवसायीहरुलाइ नै फाइदा पुग्ने दावी छ  । घोराही उपमहानगरपालीका वडा नम्बर १५ का वडा अध्यक्ष रमेश पाण्डेको तत्कालका लागी मौखीक रुपमा फुटपाथ व्यवसायलाइ व्यवस्थित गर्न थालीएको जानकारी दिए ।

सुन्दर तथा ब्यवस्थित बजार निर्माणका लागी गरिएको उपमहानगरपालिकाको यो प्रयास अब कार्ययोजना पास गरेपछि अघि बढने वडा अध्यक्ष पाण्डेको भनाइ छ।

यसैविच सम्पुर्ण ब्यवसायीलाई एकृकित गर्ने कार्यलाइ दाङ उद्योग वाणिज्य संघले अघि सारेको छ ।  संघले पनि चोकमा रहेका ठेला ब्यवसायलाई ब्यवस्थितका गर्दै अघि लैजानेमा अाफूहरूले सहयाेग गर्ने दाङ उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुषालले बताए ।

देशमा शासन परिवर्तन हुदैछ अर्थात सिंहदरवारको अधिकार घरआगनसम्म आईपुगेको छ । यो अधिकार आम नागरिकहरुलाई काम गरी खाने सुबिधामुखि बनोस, जनप्रतिनिधिमुखी यो शासन जनताको सेवा सुविधा का लागी नै समर्पीत हुन थाल्यो भने आम नागरिकले अपनत्व महसुस गदैै आर्थिक रुपमा पनि सबल र सक्षम हुँदै जाने अपेक्षा छ ।