☰ open Loading... 19 April 2024|  

प्राज्ञिक विद्यार्थी परिषद्ले प्रशिक्षण दिने
  | १७ पुष २०७४, सोमबार १६:४६

दाङ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले दाङको घोराहीमा जनजाती बिद्यार्थीहरुका लागी २ दिने प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । प्राज्ञिक विद्यार्थी परिषद् दाङले साेमबार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त कुराको जानकारी गराएको हो ।

आगामी पौष २१ र २२ गते देशभरका १५० जना भन्दा बढी जनजाती विद्यार्थी तथा शिक्षकहरुलाई प्रशिक्षण दिने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । जनजाती विद्यार्थी तथा शिक्षकहरुको सार्वाङगीन विकासको साथै उनीहरुको सामाजिक तथा राष्ट्रिय कार्यको लागी मार्गनिर्देसन गर्ने उद्देश्यका साथ प्राज्ञिक विद्यार्थी परिषद् नेपालले जनजाती सम्मेलनको आयोजना गरेको राष्ट्रिय महासचिव रमेश कडेलले जानकारी गराए ।

प्राज्ञिक विद्यार्थी परिषद् नेपालका नगरअध्यक्ष शरद कुमार शर्माले प्राज्ञिक विद्यार्थी परिषद् नेपालले राजनीतिक दलभन्दा माथीरहि व्यक्ति निर्माणको माध्यद्धारा राष्ट्र पुनंःनिर्माणको प्राप्तिको लागी काम गर्न विद्यार्थी संगठन गठन भएको पत्रकार सम्मेलनमा जानकारी दिए ।

नुभएको थियो । यसैगरी कार्यक्रममा प्राज्ञिक विद्यार्र्थी परिषद् नेपालले विगत २२ वर्ष देखी नैतीक शिक्षाको पठनपाठन,शिक्षा क्षेत्र भित्रको दलिय राजनीतीक हस्तक्षेप एवं व्यापारीकरण परिक्षा प्रणाली,पाठ्क्रममा परिर्माजन,नेपाली माटोमा सुहाउदो शिक्षा तथा सामाजिक सद्भाव जातिय सद्भावका साथै शान्त र समृद्ध नेपालको पुर्ननिर्माण गर्नसक्ने लगायतका सामाजिक नेतृत्व निर्माणको कार्यमा काम गर्दै आएको कार्यक्रममा जानकारी गराईएको थियो । कार्यक्रमको सहजीकरण विद्यार्थी तिर्थराज चौधरीले गर्नुभएको थियो ।