☰ open Loading... 19 April 2024|  

आर्थिक समृद्धिको लागि पर्यटन क्षेत्रको विकास
  | १९ पुष २०७४, बुधबार १६:२४

प्रेमबहादुर शाही

कुनै पनि देश आर्थिक समृद्धि हुनुको पछाडि पर्यटन क्षेत्रको विकासलाई प्रमुख रुपमा लिने गरिन्छ ।

जव पर्यटन क्षेत्रको विकासलाई प्राथमिकता पारिदैंन ती देशहरु समृद्धि पनि हुदैनन् । अहिलेमम्मको इतिहासलाई नियाल्दा जव पर्यटन क्षेत्रको विकासलाई प्राथमिकता नदिएका सवै ओझेलमा छन ।

देशको आर्थिक सम्पन्नताको मुख्य स्रोत भनेको नै यर्यटन क्षेत्रको विकास हो । पर्यटन क्षेत्रको विकास र त्यसवाट आर्जित मुद्राले देशको आर्थिक विकासमा टेवा पु¥याउछ ।

हाम्रो देशमा पनि पर्यटन सम्बन्धी केही कामहरु भएका छन । तर राज्यले पर्यटन क्षेत्रको विकासलाई मेरुदण्डको रुपमा अझै पनि लिन सकेको छैन ।

वर्षेनी पर्यटन सम्बन्धी विभिन्न योजना बनाई काम गर्ने गरिन्छ । तर उपलब्धी भने कम हुन्छ ।  जसरी योजना बनाईएका हुन्छन, त्यसरी नै काम भएको भए आज हाम्रो देशमा पर्यटनको ओइरो लाग्ने थियो । विगतका वर्षहरु भन्दा पछिल्लो वर्षहरुमा पर्यटन क्षेत्रको विकास तर्फ सवैको एकसाथ आवाज उठ्न थालेको छ ।

युगौंदेखि राज्यले भने पर्यटन क्षेत्रको विकासलाई ओझेलमा पारेका कारण हामीले सोचेको जति देश समृद्धि हुन सकेको छैन । हाम्रो देश प्राकृतिक स्रोत साधनले धनी छ । यहाँ प्राकृतिक रुपमा निर्मित धरै पर्यटकीय स्थलहरु छन ।

यी पर्यटकीय क्षेत्रलाईमात्र विश्वमाझ चिनाई पर्यटनलाई महिनौ पिच्छे हजारौंँ संख्यामा भित्रयाउन सकिन्छ । त्यसपछिे देश छाटो समयमा आर्थिक समृद्धिमा बन्न सक्छ । त्यसको लागि देशको मुख्य आर्यस्रोतको रुपमा रहेको पर्यटन क्षेत्रको विकासमा हामी सवै लाग्नु पर्दछ । अहिलेसम्म पनि राज्यको नजर पर्यटन क्षेत्रको विकासले देश समृद्धि हुन सक्छ, भन्नेमा ध्यान गएको छैन् ।

पर्यटन क्षेत्रलाई सधै अपवाद बाहेक कहिल्यै पनि बहसको विषय नबनाईएका कारण हामी पछि प¥यौ । हामीले आन्तरिक तथा बाह्य पर्यटन हाम्रा धार्मिक सांस्कृति र इतिहासिक कला वस्तुको वास्तविकता कहिल्यै बुझाउन सकेका छैनौं । त्यसको लागि पर्यटन क्षेत्रको विकासमा ध्यान दिई आन्तरिक र बाह्य दुवै हवाई, यातायात, सडकहरुको स्तरउन्नती गरी भरपर्दो, सुरक्षित बनाउन आवश्यक छ ।

नेपालको आर्थिक विकासमा पर्यटन क्षेत्रको महत्वको बारेमा आम नागरिकहरुलाई बुझाउन आवश्यक छ । केही वर्षयता नेपालमा आउने पर्यटनको संख्या बृद्धि हुदै गएको छ । यो हाम्रो लागि एउटा राम्रो सन्देश हो । नेपाल पर्यटनका लागि प्रकृतिक दिएको उपहारको देश हो । नेपाल हिमाल र जैविक विविधता अर्थात प्रकृती, वनस्पती, जनावर, चराचुरुङ्गी, ऐतिहासिक, पुरातात्विक एवं धार्मिक स्थलहरु आदी यहाँका प्रमुख पर्यटकीय आकषण छ ।

यीनीहरुको अवलोकन गर्न आउने पर्यटनबाट देशले मनग्य मुद्रा आर्जन गर्दछ । पर्यटनबाटै भित्रिएको मुद्राले देशको आर्थिक विकासमा टेवा पु¥याउछ । त्यसैले देशको आर्थिक विकास गर्ने र देशलाई समृद्धि बनाउन पर्यटन क्षेत्रको विकास गर्नु अती आवश्यक छ । नेपाल एउटा छुट्टै मौलिकता र प्राकृतिक सुन्दरताले भरीपूर्ण देश भएकाले समग्र देशको समृद्धिको लागि पर्यटन क्षेत्रको विकासमा सवै जुट्नु पर्दछ ।
लेखक नेपाल पत्रकार महासंघ शाखा दैलेखका कोषाध्यक्ष हुन ।