☰ open Loading... 17 September 2024|  

जडीबुटी संकलन गर्न हिमाल उग्लिए मुगाली युवा
  | १९ पुष २०७४, बुधबार २०:३६

मुगु । मुगुका बेरोजगार युवा जडीबुटी संकलन गरेर जिविको पार्जन गदै आएका छन । हिउँदको समय त्यसै बस्नु पर्ने हुदाँ मुगुका बेरोजगार युवा आज भोली कोहि धन कमाउन भन्दै भारत गइरहेका छन भने केही युवा जडीबुटी संकलन गर्न भन्दै मुगुका हिमाल तिर लागेका छन ।

मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका का हस्त बहादुर बुढाका अनुसार बर्षनी मुगुका बेरोजगार युवा हिउँद शुरु हुँदा नहुँदै जडिबुटी खोज्न हिमालतिर जाने गरेको बताए ।

यार्साको सिजनमा यार्सा संकलन गर्न जाने चिराइतो, अतिस लगायतका जडिबुटीको सिजनमा यीनै जडीबुटी संकलन गरेको बताएका उनले भने,-‘बेरोजगार छौं जडीबुटी खोज्नु नगए खानै पुग्दैन वर्षैपिच्छे हामी जडीबुटी संकलन गरी बिक्रि गरेर जिविको पार्जन गर्दै अाएका छाैं ।’

संकलन गरिएकाे जडीबुटीबाट जिविको पार्जन गर्ने मुगुका बेरोजगार युवा धेरैछन । मुगु जिल्लाका हिमालमा जडीबुटीको राजा मानिने यार्सागुम्बा, सतुवा ,चिराईतो,अतिस, भुल्त्या, बनलसुन, काकाँरसिलो लगायत अन्य जडीबुटी प्रशस्त पाईने गर्छन् ।

तर जडीबुटी खोज्न सजिलो छैन सबै जडीबुटी एकै ठाउँमा पाईंदैन फरक फरक मौसममा विभिन्न ठाउँमा खोज्न जाँदा संकलकहरुले स्वास्थ्य समस्या झेलेर भएपनि जडीबुटी संकलन गनुपरेको बाध्यता रहेकाे छायाँनाथ रारा नगरपालिका जंगबहादुर भामले बताए ।

अप्ठेरो बाटो, चिसो, जाडो छल्दै बास बस्नु पर्ने जोखिम छ भन्ने संकलक सबैलाई थाहा भएपनी बेरोजगारीले यी जोखिम मोल्न तयार बनाएको उनकाे भनाई छ । .पाँच वर्षदेखि जडीबुटी संकलन गरेर जिविका चलाउँदै आएका स्थानीय धनलाला सावत र लोकेन्द बहादुर सावतका अनुसार मुगुका बेरोजगार युवा जडीबुटी संकलन गर्न वर्षेनी हजाराैं नागरिक हिमालतिर जाने गरेका छन् ।

जडीवुटी संकलन गर्न गएका ८ जनाको मृत्यु समेत भएकाे उनीहरू बताउँछन् । जडीबुटी खोजुञ्जेल संकलकहरुले भोग्नु पर्ने बास बसाइ, खाना, स्वास्थ्य लगायतका समस्या झेल्नु परेकाे छ ।