☰ open Loading... 19 April 2024|  

चिसोका कारण विद्यालय बन्द
  | २४ पुष २०७४, सोमबार १६:०५

नन्द बहादुर रोकाया
मुगु । जिल्लाको पुर्वीकरान भेग तथा मुगुमकामारोङ्क गाउँपालिकाम रहेका विद्यालय बन्द भएका छन । शिक्षा नियमवालीमा उल्लेख गरी करान भेगामा चिसो समयमा विद्यालय बन्द गर्ने निर्णय भएसंगै विद्यालय बन्द भएका हुन् ।

बिद्यालय पुस १० गते बाट बन्द भएका र बन्द भएका वि द्यालय माघको २५ गते पछी मात्र खुल्ने जिल्ला शिक्षाकार्यलय मुगुले जनाएको छ । मुगुको सोरु, खत्याड,र गम भेगको तुलानामा करान भेगमा अत्याधिक चिसो हुने भएकाले बर्ष पुस महिनाबाट विद्यालय बन्द गरिने बताईएको छ ।

करान भेगमा १ माध्यािमक बिद्यालय ४ निमावि विद्यालय र १२ प्रथामिक विद्यालय गरी १७ बिद्यालय रहेका भएपनी चिसोले सबै बिद्यालय बन्द भएका जिल्ला शिक्षा कार्यलय मुगुका जिल्ला शिक्षा अधिकारी धनशुर्दन चौलागाईले जानकारी दिए ।

उनका अनुसार मुगु जिल्लाका खत्याड, सोरु र गमभेगका विद्यालयहरु ४५ दिन गर्मी बिदा गरिने भएको भएपनि करान भेगमा गर्मि बिदा नगरिने र चिसो बिदा गरीने जिल्ला शिक्षा अधिकारी चौलागाईको भनाई छ ।

बिद्यालय बन्द भए संगै बिद्यार्थी चिसो छल्न भन्दै हुने खाने सदरमुकाम गमगढी जुम्ला लगायत नेपालगञ्ज काड्माडौ झरेका छन भने गरीब घरपरिवारका विद्यार्थी घर भन्दा ३,४ घण्टा तल अस्थाई बसोबास गरी बस्ने गरेका छन ।

कोही बिद्यार्थी बिद्यालय बन्द भएसंगै बिद्यार्थी अभिभावक संग ब्यापारको शिलशिलामा चाईनाको बउडर लगायत देशका बिभिन्न शहरमासमेत जाने गरेका मुगुमकामारोगङ्ग गाउँपालिका च्यावालामाले बताए ।

उनले भने करानभेका विद्यार्थी चिसोमा चिसोले पढ्न नसक्ने गर्मी यार्सालगायतका जडीबुटी संकलन गर्न जाने गर्नाले खासै पढ्ने अबसर पनि नमिल्ने र विद्यार्थीको पढाई राम्रो नहुने लामाको भनाई छ ।