☰ open Loading... 7 December 2024|  

घोराहीमा उपमहानगर थारु भाषामै कामकाज हुने
  | २४ पुष २०७४, सोमबार १६:४५

दाङ ।  घोराही उपमहानगरपालिकाले यही माघ १ गतेदेखि थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेको छ । आइतबार सम्पन्न नगर कार्यपालिका बैठकले प्रथम नगरसभाबाट पारित नीति कार्यक्रम अनुसार थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेको नगर प्रमुख नरुलाल चौधरीले बताएका छन् ।

उपमहानगरपालिका कार्यालय र सबै वडा कार्यालयहरुमा थारु भाषालाई सरकारी कामकाजको भाषाका रुपमा लागू गर्ने निर्णय भएको चौधरीले जानकारी दिए ।

अब थारु भाषामा आएका निवेदनहरु दर्ता गरी कार्य सम्पादन गर्ने र कार्यालयमा थारु सेवाग्राहीसँग थारु भाषामै कुराकानी गर्नसकिने उनले जानकारी दिए । माघ १ गते अर्थात माघी पर्व थारु समुदायको महत्वपूर्ण चाड भएकाले यही अवसरमा उक्त निर्णय गरिएको प्रमुख चौधरीले बताए