☰ open Loading... 19 April 2024|  

के गरे पूर्व राजा ज्ञानेन्द्र शाहले सुर्खेतमा ? (फाेटाेफिचर)
  | ३ माघ २०७४, बुधबार १४:३०

सुर्खेत । पूर्व राजा ज्ञानेन्द्र शाहले देउती बज्यै मन्दिरमा विशेष पूजा गरेका छन् । नेपालगञ्जबाट बुधबार विहान साढे ११ बजे वीरेन्द्रनगर अाएका शाहले देउती बज्यै मन्दिरमा करिव १५ मिनेट पूजा गरेका हुन् ।

एक महिनादेखी पश्चिम नेपालकाे भम्रणमा रहेका पूर्व राजा शाहकाे वीरेन्द्रनगरमा समर्थकहरूले भव्य स्वागत गरेका थिए । देउती बज्यै मन्दिर परिसरमा पूजा गरेपछि शाहले वीरेन्द्रनगर बजारकाे अवलाेकन गरेका थिए । अाजै नेपालगञ्ज फर्कने कार्यतालिका बनाएर सुर्खेत अाएका पूर्व राजा शाहले बुलबुले ताल र काँक्रेविहारकाे समेत अवलाेकन गर्ने बताइएकाे छ ।